१३ बैशाख २०८१, बिहीबार
बाँके–२ बाट किरण कोइरालासहित ३ जना सिफारिस

  • टाइम्स संवाददाता

  • १७ भाद्र २०७९, शुक्रबार १५:०६

नेपालगञ्ज : नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेले जिल्ला कार्यसमितिमा नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ १३ जनाको नाम सिफारिस गरिएको हो । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनौट गर्न क्षेत्रले आज नाम सिफारिस गरेको हो ।

पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले चुनाव लड्दै आएको क्षेत्र नम्बर २ मा उनकै भाई बुहारी नेपाली कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव सुनिलसिंह हमाल र तरुण दल बाँकेका अध्यक्ष युवा नेता विरेन्द्र बहादुर शाहको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति रमेशकुमार गुप्ताले बताए ।

समानुपातिकतर्फ केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, पूर्व मन्त्री एवम् पार्टी सभापति गजेन्द्र हमाल, संविधानसभा सदस्य अब्दुल हमिद सिद्धिकी (भोला) लगायतको नाम सिफारिस गरिएको उनले बताए ।

Nabintech