२६ बैशाख २०८१, बुधबार
कक्षा १२ को परीक्षाफल प्रकाशित गर्न बोड बैठक बस्दै कसरी हेर्ने रिजल्ट !

यस पटक नन ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिँदैछ


  • टाइम्स संवाददाता

  • १७ भाद्र २०७९, शुक्रबार १५:४४

काठमाण्डौ: आज प्रकाशित हुने कक्षा १२ को नतिजा प्रकाशित गर्न बोर्ड बैठक आब्हान गरिएको छ । शुक्रबार अपराह्न साढे ४ बजेका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाईएको हो । परीक्षा नियन्त्रक कृष्ण शर्माले सम्पूर्ण तयारी पूरा भएको र बोर्ड बैठकले निर्णय गरेपछि नतिजा सकेसम्म आजै सार्वजनिक गरिने बताए।

नतिजा प्रकाशित भएपछि बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट नतिजा हेर्न सकिनेछ । त्यसका लागि बोर्डको आफ्नै वेबवाइट www.neb.gov.np/result  मा गएर नतिजा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको वेबसाइट ​ मा www.neb.ntc.net.np गएर आफ्नो सिम्बल नम्बर र जन्ममिति राखेर नतिजा हेर्न सकिनेछ । त्यस्तै आईभीआर सिस्टम लेण्डलाइन र मोबाइलबाट १६०१ डायल गर्दै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ ।

यस पटक नन ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिँदैछ । त्यसका लागि सैद्धान्तिकतर्फको छुट्टै नम्बर र प्रयोगात्मकको छुट्टै नम्बर राखिनेछ । दुवैतर्फको नम्बर जोडेर विद्यार्थीलाई लेटर ग्रेटिङ सिस्टममा समावेश गरिने परीक्षा नियन्त्रक शर्माले बताए ।

गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए । यो पटक पास हुनको लागि प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक ल्याउनै पर्छ । त्यो भन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।

Nabintech