१४ बैशाख २०८१, शुक्रबार
मंशिर ४ का लागि यि हुन एमालेका बांकेबाट सिफारिस उम्मेदवारहरु

प्रदेस सभा १ ‘ख’ बाट प्रत्यक्षतर्फ दुर्गाप्रसाद थारु, नरेन्द्र शर्मा, सुर्य रोकाय, कुश्माखर बस्याल, अनिता पौडेल, बिजुला अधिकारी र विष्णु बेलवासेको नाम सिफारिस


  • टाइम्स संवाददाता

  • १९ भाद्र २०७९, आईतवार ०६:२९

नेपालगन्ज:  एमालेले बाँकेका क्षेत्रीय कमिटीले प्रदेस सभा निर्वाचनका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेका छन् । एमाले बाँके प्रचार विभाग प्रमुख सतिश निरौलाका अनुसार प्रदेस सभा १ ‘क’ बाट रामकुमार दिक्षित, सोहनलाल यादव, विक्रम यादव, तिर्थ डाँगी र खुमा डाँगीको नाम सिफारिस भएको छ ।
त्यसैगरी, प्रदेस सभा १ ‘ख’ बाट प्रत्यक्षतर्फ दुर्गाप्रसाद थारु, नरेन्द्र शर्मा, सुर्य रोकाय, कुश्माखर बस्याल, अनिता पौडेल, बिजुला अधिकारी र विष्णु बेलवासेको नाम सिफारिस भएको छ । भने, समानुपातिक तर्फ आरती पौडेल (महिला), निर्मला सुनार (दलित), होमप्रकाश सुवेदी, दयाराम अधिकारी (अपांग), शान्ति सुनार (दलित) दयाराम लोहर (दलित) र गोपाल गिरीको नाम सिफारिस गरिएको नेकपा एमाले बाँके निर्वाचन क्षेत्र नं. १ ख कमिटीले जनाएको छ ।
यसैगरी, प्रदेस सभा २ ‘क’ बाट विजयबहादुर यादव, राजेन्द्र कँडेल र विष्णु गौतमको नाम सिफारिस भएको प्रचार विभाग प्रमुख निरौलाले जानकारी दिए । प्रदेस सभा २ ‘ख’ बाट निरक गुरुङ, हलिम शाह, दत्तप्रसाद आचार्य, अब्दुल हकिम, कृष्णप्रसाद श्रेष्ठ, कैलाश यादव, मनोज बर्मा र मिना सुवेदी ढकालको नाम सिफारिस भएको छ ।
उनले प्रदेश सभा ३ ‘क’ बाट मानबहादुर रुचाल, चन्द्रबहादुर चौधरी, करिम खाँ, इन्द्र थापा, प्रेम सुवेदी, विश्वकान्त गौतम र पुनितविक्रम शाहको नाम क्षेत्रीय कमिटीले सिफारिस गरेको बताए । प्रदेस सभा ३ ‘ख’ बाट पदमबहादुर धिताल, डिल्ली विसी, भीम ओली र मिरा खनालको नाम सिफारिस भएको निरौलाले जानकारी दिए ।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा प्रदेस सभा २ ‘ख’ बाट एमालेकी आरती पौडेल र प्रदेश ३ ‘ख’ बाट बाबुराम गौतम निर्वाचित भएका थिए ।

Nabintech