१४ बैशाख २०८१, शुक्रबार
चौतारीका दुई पत्रकार चुनावी मैदानमा, किन गरे दाबि

चौतारीका बिष्णु बेल्बासे बांके १ ख र डिल्लि बिसि ३ ख बाट सिफारीस


  • प्रमोद रिजाल

  • १९ भाद्र २०७९, आईतवार १३:२१

नेपालगञ्ज:२०३५ सालमा अर्घाखांचिमा जन्मिएका बिष्णु प्रसाद बेल्बासे कोहलपुर क्षेत्रमा चिर परिचित नाम हो । २५ बर्षदेखि कोहलपुर क्षेत्रमा बसेर बिभिन्न सामाजिक काम गर्दै आएका बेल्बासेलाई कयौं कोहलपुरेले परोपकारी ब्यक्तिको रुपमा चिन्दछन । सादा जिबन र सहयोगि मनका धनि बेल्बासे यति बेला आसन्न मंशिर ४ को प्रदेश सभाका लागि प्रदेश सभा सदस्यको रुपमा सिफारीसमा समेत परेका छन । बांके जिल्ला प्रदेश १ ख का लागि सिफारीसमा परेपछि एतिबेला कोहलपुरको माहोल युवाहरुलाई नै समेटनुपर्ने भन्नेमा उक्लिदै गरेको छ ।यस अघि मेयर समेत युवा भईसकेकाले पनि युवालाई छनौट गर्ने आकलन गर्न सकिन्छ । युवा, बिद्यार्थी, तथा आम नागरिकका बिच भिजेका बेल्बासेले सामाजिक राजनैतिक रुपमा आफनो छबिलाई कहि कतै धुमिल पारेका छैनन । २०५५ मा नेकपा एमालेको पार्टि सदस्यता लिएका बेल्बासे युवा मानबअधिकारकर्मीको रुपमा रिलेक केन्द्रिय कमिटिको उपाध्यक्ष भएर काम समेत गरिसकेका छन ।

२०५१ सालमा अनेरास्वबियु बुटवल बहुमुखि क्याम्सको प्रारम्भिक कमिटिमा बसेर काम गरेका बेल्बासे प्रेस चौतारी भेरीको अध्यक्ष, प्रेस चौतारीको केन्द्रिय सदस्य हुदै हाल उनी प्रेस चौतारी केन्द्रिय कमिटिको अनुशासन आयोगको सदस्यमा रहेर आफनो क्रियाशिलतालाई निरन्तरता दिएका छन । पत्रकार महासंघ बांकेका पुर्व सह सचिब बेल्बासे नेकपाको जिल्ला कमिटि सदस्य, नेकपा एमाले जिल्ला कमिटि सदस्य रहदै प्रचार बिभागको जिम्मेवारी समेत बहन गरि सकेका छन ।

फोर एच, रिलेक, जेसिस, लायन्स लगाएत दर्जन बढि परोपकारी संस्थामा आबद्द् बेल्बासे सञ्चार शिक्षा सहकारी र अन्य संघ संस्थाका जिम्मेवारी पदमा बसेर समाजसेवा गरिरहेबा छन । जनआस्था बहुउदेश्यि सहकारी संस्थाका अध्यक्ष, तक्षशिला एकेडेमीका अध्यक्ष भएर काम गरिरहेका बेल्बासे कोहलपुर टाईम्स साप्तिाहिक तथा कोहलपुर टाईम्स डट कमका प्रकाशक समेत हुन ।

सामाजिक कामकै शिलशिलामा कोरीया, थाईल्याण्ड, हंक जस्ता देशहरुको भ्रमण गरेसकेका बेल्बासेले आफनो युवा जोश र जागरलाई अब बांके प्रदेश सभामा लगाउने अटोठमा छन । समग्र बिकास र न्यायोचित ब्यबस्था संगै आम नागरिकहरुको चासोलाई सम्बोधन गरि आम नागरिकलाई गास बासको र शिक्षा स्वास्थ्यको ग्यारेण्टि राज्यले गर्नुपर्ने बताउछन । याबत सामाजिक समस्याहरुलाई हल गर्न आफुले उम्मेदवारी दिएको र युवाहरुको पक्षमा देश भरि नै लहड आएको बेला पाटिले टिकट दिए आफुले जितेरै छाडने बताउछन ।

२०५८ लाल देखि रेडियो पत्रकारिताबाट पत्रकारीताको क्षेत्रमा जोडिएका डिल्लि बिसि २०६० सालमा रेडियो भेरी आवाज बाँके को स्टेसन म्यानेजर काम गरिसकेका छन । २०६३ सालमा रेडियो बुलबुले सुर्खेतको स्टेसन म्यानेजर भएर पत्रकारीताको क्षेत्रमा काम गरेका बिसि २०६४ देखि २०७४ सम्म मुक्त कमैया, खुना, कुचबधिया,खुना, सोनाह, राजी,राउटे कुमाल, मधेसी मुस्लिम र लक्षित वर्गको अधिकारमा आधारित भएर पैरवी पत्रकारिता गर्दै २०७४ देखि हाल सम्म रेडियो हातेमालोको स्टेसन म्यानेजरको रुपमा कार्यरत रहेका छन ।
पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार र पत्रकारिता विषयमा एमए सम्मको अध्यन गरेका बिसि हाल नेपाल संस्कृत विश्व विद्यालयमा विद्यावारधिकालागि तयारीमा जुटेका छन । २०३४साल बैशाख१० गते सल्यानमा जन्मेका डिल्लि बिसिले २०४७ सालमा तत्कालिन माले टोल कमिटी सदस्यबाट आफनो राजनैतिक यात्राको शुभारम्भ गरेका थिए । २०४७ सालमा त्रिभुवन जनता माध्यमिक विद्यालयको अनेरास्ववियु प्रा.क. अध्यक्ष भएका बिसिले २०५१ सालमा विरेन्द्रनगर बहुमुखी क्याम्पस प्रा.क. सचिवको जिम्मेबारी समेत निभाईसकेका थिए ।
२०५२/ २०५४ सम्म अनेरास्ववियु सल्यान जिल्ला कमिटी कोषाध्यक्ष भएका बिसि २०५४ देखि २०५७ अनेरास्ववियु सल्यान जिल्ला अध्यक्ष समेत भए । २०५६ सालमा तत्कालिन माओवादीदले बिसिलाई विस्थापित गराएपछि उनी २०५७ सालमा नेकपा एमाले सल्यान काठमाडौ सम्पर्क मञ्चको सचिव भएर नेकपा एमालेको जिम्मेबारी निभाउन भने छोडेनन ।
२०५८ देखि प्रेस चौतारी बाँकेको आबद्द भएर पत्रकारीतालाई समेत निरन्तरता दिएका बिसिले २०६४ देखि नेकपा एमाले भेरी अञ्चल निर्वाचन कमिटीको सचिव भएर काम गर्ने अबसर समेत पाए । २०७१ मा नेकपा एमाले बाँके जिल्ला कमिटी सदस्यमा निर्वाचित बिसि प्रेस चौतारीको केन्द्रीय सल्लाहकारको भुमिका समेत निभाई सकेका छन ।
२०७३ नेकपा एमाले केन्द्रीय प्रचार विभाग सदस्य भएका बिसिले पार्टीका कुनै पनि राजनीतिक नियुक्ति अबसर भने पाउन सकेका छैनन। नौ वर्ष सम्म माओवादीले विस्थापित बनाउदा समेत एमालेको राजनैतिक यात्रालाई निरन्तरता दिएका बिसिले यस पालि भने बांके ३ ख प्रदेश सभा सदस्यका लागि उम्मेदवारीका लागि सिफारीसमा परेका छन ।
Nabintech