१४ बैशाख २०८१, शुक्रबार
विकासमा विभेद हुदैन : कोहलपुर उदाउदो सहरका रुपमा अगाडी बढ्ने छ- मन्त्री राई

  • टाइम्स संवाददाता

  • १९ भाद्र २०७९, आईतवार २१:५१

देशमा चुनवको मिति संगै केन्द्र देखि प्रदेश तहका नेताहरुको निर्बाचन क्षेत्रमा दौडधुप चलिरहेको छ । त्यसमा पनि बाँके जिल्ला केन्द्रिय नेताहरुको आँखामा परेको जिल्ला को रुपमा लिईन्छ । बाँकेबाट देशको बागडोर सम्हालेका दुई मन्त्रीहरुको जिल्ला पनि हो । बाँके क्षेत्र नं. २ बाट बि.स २०७४ सालको चुनावमा विजयी भए पश्चात दुईपटक मन्त्री बनेका मोहम्मरद इस्तियाक राईलाई बिकास प्रेमी नेताका रुपमा सो क्षेत्रका नागरिकहरुले पहिचानगर्ने समेत गरेका छन । राई शहरी विकास मन्त्रालय सम्हालेका बखत बाँकेमा धेरै योजना जिल्लामा ल्याउन सफल समेत भएका थिए भने स्मार्ट सिटी निर्माणको जगसमेत बसालेका थिए । उनको पालामा नेपालगन्ज कोहलपुर बजार क्षेत्रमा हाइमाक्स लाईट लगाइएको थियो भने अन्य थुप्रै विकास निर्माणका कामहरुको भएको देख्न सकिन्छ । यस्तै उनी तेस्रो पटक भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रुपमा रहेका छन । उनी मन्त्री भए लगत्तै नेपालगन्ज र कोहलपुमा गरि ५ वटा आकाशे पुल निर्माणका लागि शिलन्यास समेत गरि सकेका छन । उनी बाँके क्षेत्र नं. २ बाट विजयी सासंद भएता पनि कोहलपुर क्षेत्रका लागि पनि उनको योगदान अतुलनिय कोहलपुर नगरपालिकाका जनप्रतिनिधीहरु बताउने गर्दछन । चुनावी सगरर्मी बढे संगै उनले क्षेत्र नं. १मा पनि पार्टीको उपस्थिती बलियो बनाउने दाउमा रहेका छन । उनी क्षेत्र नं. २ मा बलियो उम्मेदवार र पार्टीको धरोहरको रुपमा रहेका छन ।
जनता समाजबादी पार्टी कोहलपुर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा उनले आफ्नो निर्वाचन क्षेत्रमा मात्र विकास निर्माण कामहरु नगरी सम्पूर्ण बाँकेलाईनै केन्द्र बिन्दुको रुपमा राखेर काम गर्दै आएको बताएका छन । कार्यकर्ताहरुलाई निर्बाचनमा केन्द्रित रहि संगठन निर्माण र पार्टीलाई बलियो रुपमा स्थापित गर्नका लागि कोहलपुर नगरमा रहेको कार्यकार्ताहरुलाई निर्देशित गरेका छन ।
उनले कार्यकर्ताहरु भने बाँकेमा दुई जना मन्त्री रहेको भएता पनि बढि विकास प्रेमी नेताको रुपमा कस्ले काम गरेको छ त्यो जनता सामु गए पछि छर्लंग हुने समेत बताए ।
यस्तै आज मन्त्री राइले नेपालगन्ज उपमहानगरपालिकामा गरेको जति विकास कोहलपुरमा गर्न नसकेपनि ३३ प्रतिशत विकास गर्ने नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले वताए । कोहलपुर नगरपालिकाले आयोजना गरेको मन्त्री संग जनप्रतिनिधी भेटघाट कार्यक्रमा यस्तो कुरा वताएका हुन् । मन्त्री राईले आफु सहरी विकास मन्त्री हुँदा पनि कोहलपुर नगरपालिकालाई बाटो बाटै आफुले सहयोग गरेको वताए । कोहलपुरले एउटा हाई माक्स लाईट माग्दा आफुले १३ वटा हाईमाक्स लाई कोहलपुरलाई उपलव्ध गराएको समेत वताए । आफुले स्वास्थ्य क्षेत्रमा नेपालगन्जका जति कोहलपुरमा केहि गर्न नसकेको वताए । जमुनाह देखि राझाँ सम्मको वाटोको अस्फाल कङक्रिट स्तरउन्नती गरे जस्तै राझाँ कोहलपुर सम्म पनि अवको तिन महिना भित्र बाटो स्तर उन्नतीको लागी टेण्डर खोल्ने जानकारी समेत गराएका थिए । आफु वजेट पश्चात मन्त्री भएकाले पनि भनेका ठाँउमा वजेट विनियोजन गर्न नसकेको वताए । मन्त्री राईले कोहलपुरमा आफुनो पाटिको मेयर नभएकाले विकासमा सहयोग हुन्नकी भन्ने कुनै संका नगर्न आग्रह गरे आफु नेपाल सरकारको मन्त्री भएकाकाले मन्त्री हुदाँ सम्म आफु साझा मन्त्री भएको वताए ।आफुलाई नेपालगन्जमा मात्र विकास गरेको भन्ने आरोप लागेतापनि यसलाई आफुले प्रष्ट पार्न चाहान्छु उनले भने नेपालगन्जमा स्टेट लाईट त्यो कोहलपुरमा पनि हुन्छ नेपालगन्जमा ओभर हेडब्रिज त्यो कोहलपुरमा पनिहुने वताए ।कोहलपुर नगरपालिकाका नगरप्रमुख ,उपप्रमुख र वडा अध्यक्षहरुले सडक बोडको वजेट माग्नु भएको छ । आफुले केहि दिनमै कोहलपुर बासी खुसीहुने गरेर सम्बोधन गर्न प्रतिवद्धता व्यक्त गरेका थिए ।

मन्त्री राईले कोहलपुर नगरपालिकाले अहिले मेयर र उपमेयर दुवै जना युवा हुनुहुन्छ त्यस कारण पनि कोहलपुरको विकास हुने आफुले विश्वास लिएको वताए । कार्यक्रमा बोल्लने क्रममा कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले कोहलपुर र नेपालगन्ज जोडिने चर्चा समेत चलेको र पछि कुनै समयमा क्षेत्र समेत समेत हेरफेर हुन सक्ने भएकाले समान तरिकाले विकास गर्नु पर्ने वताए । मन्त्री राईले भने नेपालगन्ज महेन्द्र क्याम्पसको भवन मर्मत र नयाँ निर्माणको लागी आफुले केहि वजेट खोजी गदै आएको वताए । आफुले महेन्द्र क्याम्पसको आफुले स्थलगत निरिक्षण गर्दा त्यहा विद्याथीहरु पठन पाठन गर्ने ठाँउमा माथिबाट ईटा खस्ने सम्भावना देखिएको र आफुले ति कक्षा कोठामा पठन पाठन बन्द गर्न समेत भनेको वताए आफुले शिक्षा मन्त्रालयमा समेत कुरा गरेको र मन्त्रालयले ३ करोड वजेट हाल्ने भन्नु भएको थियो तर आफुले कम्तीमा १० करोड वजेट माग गरेको वताए ।

Nabintech