१२ बैशाख २०८१, बुधबार
आरजु र मिनेन्द्र सँगै जापान उडेपछि कांग्रेसमा तरंग

  • टाइम्स संवाददाता

  • १९ भाद्र २०७९, आईतवार २२:००

काठमाडौं –  नेपालमा २०७९ मंसिर ४ गते हुने निर्वाचनका लागि संघीय र प्रतिनिधि सभाको उम्मेदवारका भटाभट सिफारिस भइरहेको अवस्था छ । प्रधानमन्त्री शेरवहादुर देउवाकी पत्नी डा। आरजु राणा कैलाली क्षेत्र नम्बर ५ र माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलको निर्वाचन क्षेत्र बाग्लु¨ २ बाट पनि आरजुकै नाम सिफारिस भएको छ । यही महत्वपूर्ण समयमा नेपाली कांग्रेसकी नेतृ तथा फष्ट लेडी डा। आरजु राणा र नेता डा। मिनेन्द्र रिजालको जापान यात्राको साइत एउटै परेको छ । यी दुबै नेता २०७९ भदौ १७ गते राति नेपाल वायु सेवाको बोइङ चढेर एकैसाथ जापान हान्निएको खबर छ ।

रिजाल नेपाल फेस्टिभलको उद्घाटनका लागि र आरजु उपचारका लागि त्यसतर्फ लागेको स्रोत बताउछ । रिजाल निकटस्थहरूका अनुसार उनी केही दिन पहिल्यै जापान जाने कार्यक्रम तय भएको थियो । तर, सत्ता र कांग्रेसको शक्ति केन्द्र मानिएकी आरजु राणा पनि उपचारका लागि जाने सुइँको पाएर एकैसाथ जाने चाँजोपाँजो मिलाइएको हो । स्रोत भन्छ, आरजु राणासँगै जानका लागि रिजालले जापानको कार्यक्रम नै सार्न लगाएका थिए । उनी जापानको नायोगामा हुने कार्यक्रममा सहभागी भएर केही राजनीतिक भेटघाट समेत गर्ने कार्यक्रम रहेको छ । उनले जापानका सहायक अर्थमन्त्री इमाइदा सोइचिरोसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ । रिजाल गैरआवासीय नेपाली सङ्घ क्षेत्रीय समिति नागोया र नेपाली दूतावासको संयोजकत्वमा हुने फेस्टिभलमा सहभागी हुनेछन् ।

जानकारस्रोतका अनुसार, आरजुको यात्रा भने स्वास्थ्य सम्बन्धी हो । केही समय अगाडि उनले भारतमा आफ्नो उपचार गराएकी थिइन् । फरक उद्देश्य देखाएर एकैसाथ यात्रा गरेपछि डा। राणा र डा। रिजालको यात्रालाई नेपाली कांग्रेसभित्र राजनीतिसंग जोडेर हेर्न थालिएको छ ।

रिजालको निर्वाचन क्षेत्र मोरंग क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि सुजाता पहिलो नम्बरमा सिफारिस भएकी छिन् भने रिजाल दोस्रो नम्बरमा । आफ्नो बाबु स्व। गिरिजाप्रसाद कोइरालाको क्षेत्र भएकाले यस पटक आफैं उम्मेदवार हुने भन्दै सुजाताले लबिङ बढाएपछि रिजाल रन्थनिएको कांग्रेसभित्र चर्चा चलेको छ । उनले आरजुमार्फत टिकट लिने मात्रै होइन कि निर्वाचनमा ‘फूल सपोर्ट’ पाउनका लागि यस्तो प्रयास गरिरहेको बताइन्छ ।

पार्टीको महामन्त्रीमा नराम्ररी पराजित भएपछि रक्षा मन्त्रीबाट राजीनामा दिएका रिजालले सक्रिय राजनीतिबाट बिदा लिने आशयका धारणा सार्वजनिक गरेका थिए । तर, पछि प्रतिनिधि सभामा उम्मेदवार बन्न आवेदन दिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवासँग रिजालको सम्बन्ध राम्रो छैन । पहिला प्रजातान्त्रिक कांग्रेममा रहेका रिजाल देउवासँगको सम्बन्ध बिग्रिएपछि तत्कालीन संस्थापन समूहमा लागेर लाभ लिंदै आएका थिए । अब यस पटक शक्तिशाली ‘आरजु भाउजु’ र मिनेन्द्र रिजालको जापानको वार्ताले के मोड लेला भन्ने चर्चाले विराटनगरको कोइराला निवास र कांग्रेसको केन्द्रीय कार्यालयमा तरंग सिर्जना गरेको छ ।

साँघु न्यूज

Nabintech