७ बैशाख २०८१, शुक्रबार
भारतसँग पाकिस्तानले लियो समूह चरणको हारको बदला

  • टाइम्स संवाददाता

  • २० भाद्र २०७९, सोमबार ०७:००

एजेन्सी: जारी एसिया कपमा पाकिस्तानले भारतसँग समूह चरणमा भोगेको हारको बदला शीर्ष चारको भिडन्तमा लिएको छ। आइतबार राति दुबईमा भएको खेलमा भारतलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले सुपर चारमा राम्रो सुरुवात गर्‍यो। टस हारेर पहिलो ब्याटिङ गर्दै भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रनको स्कोर बनायो।

भारतका लागि विराट कोहलीले सर्वाधिक ६० रनको इनिङ खेले। त्यस्तै ओपनर केएल राहुल र रोहित शर्माले समान २८\२८ रन बनाएका थिए। पाकिस्तानका लागि सादव खानले दुुई विकेट हात पारे।

१८२ रनको लक्ष्य पाकिस्तानले अन्तिम बल बाँकी हुँदा पुरा गरेको थियो। उसका लागि ओपनर मोहम्मद रिजवानले सर्वाधिक ७१ रन बनाउँदा मोहम्मद नवाजले २० बलमा ४२ रन बनाए।

त्यस्तै आसिफ अलीले १६ रन बनाउँदा फखर जमामले १५ रन बनाएका थिए। शीर्ष चारमा श्रीलंका र पाकिस्तानले समान १-१ खेलमा जित निकालेका छन्। अफगानिस्तान र भारत अंकविहीन छन्। सुपर चारमा सबै टिमले एक अर्काविरुद्व प्रतिस्पर्धा गर्दै शीर्ष स्थानमा रहने दुई टिमले फाइनलमा स्थान बनाउने भएकाले भारतको फाइनल सम्भावना अझै कायमै छ।

 

Nabintech