१६ चैत्र २०८०, शुक्रबार
मन्त्रीसँग विवाद गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्ड पाँच दिन थुनामा

  • टाइम्स संवाददाता

  • २० भाद्र २०७९, सोमबार ०७:११

काठमाण्डाै: संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री जीवनराम श्रेष्ठसँग विवाद गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्डलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौले ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

जिल्ला प्रशासनले हिजो छायाँ सेन्टरका सुरक्षा गार्ड शेरजङ्ग गुरुङलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । क्यानडा जानका लागि श्रीमतीको बायोमेट्रिक गराउन गएको शुक्रवार ठमेलमा रहेको छायाँ सेन्टरमा पुगेका मन्त्रीलाई सुरक्षा गार्ड गुरुङले लाइनमा बस्न आग्रह गर्नुभएको थियो ।

मन्त्री आउने पूर्व जानकारी नभएको भन्दै सुरक्षागार्ड गुरुङले अरु सेवाग्राही जस्तै उहाँले पनि लाइनमा बस्न आग्रह गरेपछि विवाद भएको थियो । त्यसपछि मन्त्रीका पीएसओ, मन्त्री र सुरक्षा गार्डको बीचमा धकेलाधकेल भएपछि प्रहरीले गुरुङलाई शुक्रवार नै पक्राउ गरेको थियो ।

सुरक्षा गार्डलाई प्रहरी वृत दरबारमार्गमा राखेर मुद्दा चलाइएको छ । नियम पालना गराउने सुरक्षागार्डलाई मन्त्रीले आफ्नो हैकम देखाउँदै थुनामा राखेको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।

Nabintech