१३ बैशाख २०८१, बिहीबार
क्याम्पसका दुईवटा बस तोडफोड, नजिकै भेटियो चेतावनीपत्र

बस तोडफोड भएकै ठाउँमा नेकपा बहुमत निकट अखिल क्रान्तिकारीको पत्र भेटिएको छ


  • टाइम्स संवाददाता

  • २० भाद्र २०७९, सोमबार १३:५६

कपिलवस्तु : कपिलवस्तुको वाणगंगा नगरपालिका बुंङ्चीमा अवस्थित सिद्धार्थ क्याम्पसका २ वटा बसमा तोडफोड भएको छ। क्याम्पसको प्राङ्गणमा रोकिराखेका दुईवटा बसमाथि शनिबार राति तोडफोड भएको क्याम्पस प्रशासनले जनाएको छ। बस तोडफोड भएकै ठाउँमा नेकपा बहुमत निकट अखिल क्रान्तिकारीको पत्र भेटिएको छ। जसमा सिद्धार्थ क्याम्पसलाई जनकारबाही गराइएको जनाइएको छ।

पत्रमा विद्यार्थीको मागप्रति क्याम्पस गम्भीर नभएको, पब्लिक क्याम्पस सङ्घले बढाएको शुल्क फिर्ता नगरेको, विद्यार्थी आन्दोलनलाई बेवास्ता गर्दै जायज आन्दोलनविरुद्ध गतिविधि गरेको, विद्यार्थीका माग पूरा गर्न लगाएको ताला तोडिएको, विद्यार्थीको जायज माग पूरा गर्न छोडेर मुठ्ठीभरका व्यक्ति बोकेर हिँडेको उल्लेख गरिएको छ।

यसैगरी आफ्ना माग पूरा नगरे थप शैक्षिक हडतालसहित जनकारबाही गर्ने जनाइएको छ। यता क्याम्पस प्रमुख खेमराज शर्माले बस तोडफोड भएको स्थानमा प्रहरी आएर अनुसन्धान गरिरहेको बताएका छन्। उनले यसले शैक्षिक क्षेत्र जस्तो संवेदनशील पक्षमा विद्यार्थीहरूलाई पठनपाठनमा ठूलो नोक्सानी भएको बताएका छन्।

Nabintech