१३ बैशाख २०८१, बिहीबार
दशैँका लागि असोज १ गते अग्रिम टिकट बुकिङ खुल्ने

यस वर्षको दशैँ असोज १० गते घटस्थापना परेको छ


  • टाइम्स संवाददाता

  • २२ भाद्र २०७९, बुधबार १७:०६

काठमाडौं : यस वर्षको दशैँका लागि असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। बुधबार यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले टिकट बुकिङ निर्णयसँगै आफूहरूले यसअघि नै अवरुद्ध सडकहरूको मर्मत गर्न माग गरेको जानकारी दिए। उनले भने, ‘यो मितिभन्दा अगाडि नै जहाँ सडक अवरुद्ध छन्, ती सबै मर्मत गर्नुपर्ने माग राखेका छौँ, मर्मत गरिएन भने हाम्रा गाडीहरू उपत्यका आउन सक्दैनन्।’

दशैँमा घर जानका लागि यात्रुहरूका लागि सहज होस् भनेर वर्षेनी दशैँअघि नै अग्रिम टिकट बुकिङ खुल्ने गरेको छ। विभागले अनलाइनबाट पनि टिकट बुकिङ गर्न सकिने जनाएको छ। यस वर्षको दशैँ असोज १० गते घटस्थापना परेको छ।

Nabintech