८ बैशाख २०८१, शनिबार
सामुदायिक सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्र भवनको शिलान्यास आज हुदै

  • टाइम्स संवाददाता

  • २३ भाद्र २०७९, बिहीबार ११:२२

नेपालगञ्ज: बाँके जानकी गाउँपालिका ३, नहरपुर्वामा निर्माण हुन लागेको सामुदायिक सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्र भवनको शिलान्यास आज बिहिबार हुने भएकोछ ।

भवनको शहरी विकास मन्त्री मेटमणी चौधरीले एक कार्यक्रमका वीच शिलान्यास गर्ने कार्यक्रम रहेको अनुसन्धान केन्द्रका अध्यक्ष जिवराज चौधरीले जानकारी दिए । उनले शिलान्यास लगतै भवन निर्माणको काम अगाडी बढाइने बताए ।

पश्चिम नेपालका थारुलाई लाग्ने सिकलसेल एनिमियाका विरामीलाई सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले सामुदायिक सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको बताए ।

Nabintech