४ बैशाख २०८१, मंगलवार
नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता आजदेखि सुरु

  • टाइम्स संवाददाता

  • २३ भाद्र २०७९, बिहीबार ११:४२

काठमाण्डाै: नवौंँ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद भने असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ । तर, पुरुष क्रिकेट त्यसअगाडि नै सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन आज चार खेलहरु हुँदैछन् ।

आज एनआरएनए टोली र सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश र प्रदेश-१, मधेस प्रदेश र गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेश खेल्दैछन् । यी खेलहरु कीर्तिपुर र मूलपानी मैदानमा हुँदैछन् ।

प्रतियोगितामा तीन विभागीय, सात वटा प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

Nabintech