७ बैशाख २०८१, शुक्रबार
कोहलपुर वडा न १२ को सय दिनको उपलब्धी वडामा बिकास देखि पर्यटन प्रर्बधनका काम (भिडियो सहित)

‘घुयाबारी हुँदै सल्यान जोड्ने सडक खण्डको काम सुरु भैसकेको छ


  • टाइम्स संवाददाता

  • २३ भाद्र २०७९, बिहीबार १७:३०

कोहलपुर: वडा न १२ को सय दिनको उपलब्धी वडामा बिकास देखि पर्यटन प्रर्बधनका काम बाँकेको कोहलपुर नगरपालिका वडा अध्यक्षहरुले सय दिनको कामको उपलब्धी सार्वजनिक गर्ने क्रम जारी छ । बुधबार कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष विरेन्द्र शाहले पत्रकार सम्मेलन गरी आफ्नो सय दिनको उपलब्धीको बारे जानकारी गराएका थिए । ‘वडा नम्बर १२ मा अहिले खानेपानीको समस्या निकै छ, उनले भने, ‘त्यसलाई समाधानका लागि ठुलो योजना निर्माण गरिएको छ ।’

‘घुयाबारी हुँदै सल्यान जोड्ने सडक खण्डको काम सुरु भैसकेको छ’ उनले थपे, ‘कोहलपुर नगरपालिका वडा नम्बर १२ को विकास र समृद्धिका गर्नका लागि सबै वडाबासीहरु सक्रिय रुपमा लाग्नुपर्छ । आफु स्वयम् प्रदेश र केन्द्रका मन्त्रालययमा १ अर्ब भन्दा बढिका योजनाहरु माग गरिएको शाहले जानकारी दिएका थिए । त्यसै गरि कोहलपुर नगरपालिका वडा न १२ मा रहेको राम जानकी मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाइने वडा अध्यक्ष शाहले बताउनु भएको छ ।

Nabintech