१२ बैशाख २०८१, बुधबार
विदेशबाटै सन्दीपले भने ‘म निर्दोष छु’

  • टाइम्स संवाददाता

  • २४ भाद्र २०७९, शुक्रबार १०:११

काठमाण्डौ: उमेर नपुगेकी किशोरी करणी गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको दाबी गरेका छन् । उनले आफू छिट्टै नेपाल फर्कने बताउँदै करणी अभियोगमा कुनै सत्यता नभएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै सन्दीपले आफूमाथि लगाइएको आरोपले स्तब्ध बनाएको बताए । केही दिनमा सिपिएल छाडेर स्वदेश फर्कने बताउँदै लेखेका छन्, ‘म स्तब्ध छु र नेपालको कानुनलाई पूर्ण विश्वास गर्दै सिपिएल छाडेर केही दिनमै नेपाल फर्कंदै छु । म यो आधारहीन आरोपको सामना गर्न तयार छु । आशा छ कि कानुनले सबैलाई बराबर न्याय दिनेछ ।’

सन्दीपलाई भदौ ५ गते राति १७ वर्षे किशोरी करणी गरेको आरोप लागेको उजुरी प्रहरीमा परेको छ । अदालतले उनलाई पक्राउ गर्न हिजो पक्राउ आदेश जारी गरेको छ ।  हिजो साँझ नेपाल क्रिकेट संघ ९क्यान० ले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको जानकारी गराएको थियो ।

Nabintech