१६ चैत्र २०८०, शुक्रबार
पुर्नसंरचनाको पर्खाइमा बन्धा, दिनप्रतिदिन खण्डहर बन्दै (फोटो फिचर)

डुडुवाको पानी भयो.............. खेर गएको जवानी !


  • प्रमोद रिजाल

  • २४ भाद्र २०७९, शुक्रबार १३:०४

कोहलपुर: बिक्रम संबत २०२० साल फाल्गुण १८ मा नेपालका निमित्त भारतिय सरकारको सहयोगमा निर्मित कोहलपुर १० र १३ को सिमानामा रहेको बन्धा नहर आयोजनाको मुहान यतिबेला खण्हर मात्र हैन हेर्न समेत नालायक भएको छ ।

जिर्न संरचनामा ठिङ्ग उभिएको यो आयोजनामा लक्ष्य बमोजिमको पानी बग्ने त कता हो कता उल्टो सिक्टा सिचाइको पानी ल्याएर डुडुवा खोलामा झारीएको छ । तत्कालिन राजा महेन्द्रले उदघाटन गरेको सो आयोजना वरिपरी ६० को दशकमा पिक्निक स्पोट, आन्तरिक पर्यटनको आर्कषक गन्तब्य थियो तर बिभिन्न समयमा डुडुवा नालामा आएको बाढिले त्यस वरिपरीको सौन्दर्यलाई कुरुप पारेको मात्र नभई बाढिको त्रासमा त्यस वरपरका बासिन्दा रहदै आएका छन ।

डुडुवाको पानी खेर गईरहेको छ, न यो गाई भैंसिलाई खुवाउन मिल्छ न खेतबारीमा सिचाई गर्न नै कोहलपुर १० चटारका प्रधान थारु भन्छन । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट डाइरेक्ट ढल मिसाइएकाले पनि डुडुवाको पानी गाई भैंसिलाई समेत खुवाउन समस्या परेको थारुले टाईम्सलाई भने । पहिले पहिले माछा मार्न थारु महिलाहरु परम्परागतरुपमा ढडिया लिएर डुडुवामा जाने, युवाहरु बल्छि लिएर जाने मात्र नभई प्रचण्ड गर्मिमा नुहाउन प्रयोग आउने पानी मिसावटकै कारण बेकामे समेत भएको छ ।

उन्ले झोलुगें पुल नहुदा गाई बाख्रा चराउन जाने तथा सामुदायिक बनमा घास दाउरा एबं संरक्षणका लागि जाने समेत अप्ठयारो भएको बताए । पुल हुदा सजिलो थियो अहिले सिक्टा सिचाईको नहर भएर जानुपर्छ गाई बस्तु लैजान ल्याउन सास्ति छ प्रधानले भने ।

कोहलपुर रिङरोडको सडक १३ नं. वडाको सिमानामा आइपुगेको भएपनि पुल नहुदा आयोजना कति लम्बिने हो र कहिले बन्ने हो उन्को दुखेसो रहेको छ ।

त्यसो त बन्धा छेउछाउको स्थानलाई थारु संग्राहलय र स्मार्ट पार्कका निम्ति यस अघिको स्थानिय सरकारले डिपिआर गरिसकेको छ सो परीयोजनालाई निरन्तरता दिंदै कोहलपुर क्षेत्रमै आर्कषक पर्यापर्यटन प्रर्बदनमा कोहलपुर नगरपालिकाले हात झिकि नसकेको नगर प्रमुख पुर्ण प्रसाद आचार्य बताउछन । उन्ले थारु संग्रहालय, स्मार्ट पार्क, पिकनिक स्पट संगै होम स्टे निर्माणका लागि यस बर्ष करीब डेढ करोड रकम बिनियोजन गरेको र कार्यान्वयन गर्न आफु प्रतिबद्ध भएको टाइम्स संगको संबादमा बताए ।

हामी त्यस स्थानलाई आन्तरिक पर्यापर्यटकको गन्तब्य बनाउन आर्कषक योजना अघि सार्ने जर्मको मा छौं तर यस अघि भएको झोलंगे पुल र बांध निर्माण गर्ने जिम्मा भने प्रदेश वा संघको रहन्छ स्थानिय सरकारले खर्च धान्ने स्थिती बाहिरको कुरा हो, हामी सो बारे पहल गर्न चुक्ने छैनौ आचार्यले भने ।

यस क्षेत्रको मुहान सदुपयोग गर्दै बांकेका बिभिन्न ठाउमा पनि पुरयाउने लक्ष्यका साथ बांध देखि २३ किलोमिटर नहरको काम गर्न पप्पु कन्ट्रक्सनलाई ठेक्का जिम्मा दिइएकोमा सो कम्पिनीले २ प्रतिशत मात्र काम गरेर भागेपछि सो परियोजना खारेज भएको छ । २ प्रतिशत काम सम्पन्न भने पनि नहरका छड खिया लागेर काम नलाग्ने स्थितीमा पुगेका छन समग्रमा यो योजनामा जे जति खर्च भयो सबै बालुवामा पानी सरह भएको छ सिक्टा सिचाईका गेट अपरेटर असिम केसिले भने ।

डुडुवा सिचाई आयोजना शुरु भएपश्चात पिप्रहवाबाट राधेपुर, रांझाबाट इन्द्रपुर र कोहलपुरबाट पुरैना पुरैनि सम्म सिचाई हुने गरेको थियो । जिल्ला सिचाईको मातहतमा रहेको डुडुवा सिचाई सिक्टा सिचाई आयोजना आएपछि सो आयोजनामै गाभिएको र सो रुटका नहरमा सिक्टाकै पानी बग्ने गरेको अपरेटर केसिले टाईम्सलाई बताए ।

डुडुवा नालामा बिभिन्न कटान हुने क्षेत्रमा तटबन्ध गरि बग्ने पानीको सदुपयोग गर्नसके कृषि क्षेत्रमा सिचाईको समस्या हल गर्न सहज हुने भन्दै स्थानियबासिले डुडुवामा डाइरेक्ट ढल मिसाउने , फोहर बिषदि प्रयोग गर्ने जस्ता कार्य तत्काल रोक्न नगरपालिकाले उचित कदम चाल्नुपर्ने बताउछन ।

तस्बिर: संजय मण्डल/ कोहलपुर टाइम्स डट कम

 

Nabintech