१३ बैशाख २०८१, बिहीबार
प्रथम एन.आर.एन. राष्ट्रिय कराँते प्रतियोगिता सुरु     

  • टाइम्स संवाददाता

  • २४ भाद्र २०७९, शुक्रबार १६:५२

काठमाण्डौ  : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बिदेशमा रहेका नेपालीहरुलाई समेत नेपालको राष्ट्रिय टिममा समावेश गर्ने आधार तयार हुँदै गएको बताउनुभएको छ । शुक्रबारदेखी काठमाण्डौंमा सुरु भएको प्रथम एनआरएन राष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अथकले गैरआवासीय नेपालीहरुलाई आर्थिक र साँस्कृतीक अधिकार सहितको नागरीकता प्रदान गर्ने तयारी भईरहेकाले आगामी दिनमा नेपाली राष्ट्रिय टिममा एनआरएनका खेलाडीहरु समावेश हुन सक्ने वातावरण बन्दै गएको बताउनुभएको हो ।                                                     
बिभिद कारणले विदेशी भुमीका रहेका नेपालीहरुबिच खेलकुदको माध्यमबाट आपसी सद्भाव र भाईचारा कायम गर्न प्रयास भईरहेको तथ्य प्रथम एनआरएन राष्ट्रिय कराँते प्रतियोगिताले पुष्टि गरेको उल्लेख गर्दै मन्त्री अथकले एनआरएनका नयाँ पुस्ताहरुलाई समेत खेलकुदका माध्यमबाट नेपालसँग जोड्ने अभियान सुरु गर्नुपर्ने बताउनुभयो ।
आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनलाई समेत समावेश गर्ने गरी प्रक्रिया अगाडी बढाइएकाले त्यसको सदुपयोग गर्न समेत मन्त्री अथकले आग्रह गर्नुभयो ।

Nabintech