१६ चैत्र २०८०, शुक्रबार
थपिए ५ सय ७७ जना कोरोना संक्रमित, दुई जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २५ भाद्र २०७९, शनिबार १७:१८

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार २८२ जनामा परीक्षण गर्दा ५ सय ७७ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा २ सय ६९ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर संक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ५६ रहेको छ।

२४ घण्टाको अवधिमा देशभर संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ। अहिलेसम्म संक्रमण भएका ११ हजार ९ सय ६४ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।

Nabintech