६ जेष्ठ २०८१, आईतवार
१५ वर्षीया किशोरी बलात्कार आरोपमा सेनाका अमल्दार पक्राउ

  • टाइम्स संवाददाता

  • २८ भाद्र २०७९, मंगलवार ०६:३८

गोरखा  – १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सेनाका अमल्दारलाई पक्राउ गरेको छ । बागलुङ गल्कोट–११ घर भइ हाल नेपाली सेनाको वेनिघाट–आरुघाट सडक निर्माण कार्यदलमा कार्यरत नेपाली सेनाका अमल्दार मनबहादुर राना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत शनिबार १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रानालाई पक्राउ गरेको हो । किशोरीलाई बलात्कार गरेको खुलासा भएपछि रानालाई स्थानीयले प्रहरीको जिम्मा लगाएका थिए ।  आरोपितविरुद्ध सोमबार जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले बताए ।

Nabintech