८ बैशाख २०८१, शनिबार
देश बनाउने सामर्थ्य र सङ्कल्प एमालेसँग मात्रै छ : महासचिव पोखरेल

निर्वाचन कुनै एक व्यक्तिको हार र जित भन्दा पनि देशको भाग्य र भविष्यसँग जोडिएको छ


  • टाइम्स संवाददाता

  • २८ भाद्र २०७९, मंगलवार ०९:०६

नेपालगञ्ज: नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश बनाउने सामर्थ्य र सङ्कल्प एमालेसँग मात्रै भएको बताउनुभएको छ ।  नेकपा (एमाले) बाँकेले सञ्चालन गर्ने दुई महिने  निर्वाचन अभियानको सोमबार नेपालगञ्जस्थित पार्टी कार्यालयमा शुभारम्भ गर्दै महासचिव पोखरेलले भन्नुभयो– ‘एमाले नेतृत्वको सरकारले गरेका कामहरू जनता माझ लिएर जानुहोस्, विकास र समृद्धिको काम गर्नेलाई जनताले पक्कै अवसर दिनेछन् ।’

उहाँले गठबन्धनबाट देश बन्दैन भन्ने निश्चित भइसकेको भन्दै देश बनाउने पार्टी एमाले मात्रै हो भन्ने सन्देश जनतामाझ पुगेको छ भन्नुभयो ।  महासचिव पोखरेलले आगामी निर्वाचन कुनै एक व्यक्तिको हार र जित भन्दा पनि देशको भाग्य र भविष्यसँग जोडिएको बताउनुभयो ।  एमाले नेतृत्वको सरकारले विकास निर्माणमा तराई–मधेसलाई उच्च प्राथमिकता दिएको वताउँदै उहाँले देशको रणनीतिक पूर्वाधारको क्षेत्रमा क्रान्ति नै भएको छ भन्नुभयो ।

लुम्विनी प्रदेशको एकमात्र विश्वविद्यालय एमाले नेतृत्वको प्रदेश सरकारले बाँकेबासीलाई उपहार दिएको उहाँले बताउनुभयो । एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा भएको कार्यक्रममा जानकी गाउँपालिकाका नेपाली काँग्रेसका प्रभावशाली नेता जाकिर खाँ, डा. गौरांग प्रतिक लगायतका व्यक्तिहरूलाई महासचिव पोखरेलले एमालेमा प्रवेश गराउनुभयो ।

Nabintech