१४ बैशाख २०८१, शुक्रबार
चामलको मूल्य प्रतिकेजी १५ रुपैयाँले बढ्यो

  • टाइम्स संवाददाता

  • २८ भाद्र २०७९, मंगलवार ०९:४६

काठमाडौं: चामलको मूल्यमा प्रतिकेजी १५ रुपैयाँले बढेको छ । भारतले चामल निर्यातमा कडाई गर्न लागेपछि थोक बिक्रेताले भदौ पहिलो सातादेखि चामलको मूल्य बढाएका हुन् ।

थोक बिक्रेताले चामलको मूल्य बढाएकाले खुद्रा पसलमा पनि मूल्य बढेको बताइएको छ । व्यापारीका अनुसार चामलको मूल्यमा प्रतिकेजी १५ रुपैयाँले बढेको हो । भारतले निर्यातमा कडाई गर्न लागेकाले नेपालमा भदौको पहिलो सातादेखि चामलको मूल्य बढेको अनामनगरका एक व्यापारीले बताउनु भयो । उहाँका अनुसार भारतले निर्यात कर बढाउने निर्णय गरेसँगै नेपालका थोक बिक्रेताले मूल्य बढाउन सुरू गरेका हुन् । भारतले खाद्यय निर्यातमा २० प्रतिशत कर बढाएको छ । जसले गर्दा नेपालको उपभोत्ता दसैंको समयमा महँगीको मारेमा परेका छन् ।

Nabintech