१३ बैशाख २०८१, बिहीबार
चितुवाको आक्रमणबाट बर्दियामा एक बालक घाइते

चितुवाको आक्रमणमा सामान्य घाइते भएका शाहीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ


  • टाइम्स संवाददाता

  • २८ भाद्र २०७९, मंगलवार १२:४७

नेपालगञ्ज : बर्दिया सदरमुकाम गुलरिया—८ जय बागेश्वरी टोलमा घरमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गर्दा एक २० महिने बालक घाइते भएका छन् ।

सीमावर्ती भारतको कतरनिया वन्यजन्तु आरक्षबाट आएको चितुवाले उनलाई आक्रमण गरेको स्थानीयले बताएका छन् । डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी एवं सहायक वन अधिकृत द्रोण शर्माले भेरी गंगा नगरपालिका—१३ जाजरकोट घर भई माइत आएकी रेजिना वलीका छोरा विक्रम शाहीलाई चितुवाले आक्रमण गरेको बताए ।

सोमवार साँझ साढे ७ बजे झम्टिन लाग्दा स्थानीयले हो–हल्ला गरेपछि चितुवा भागेको सूचना अधिकारी शर्माले बताए । चितुवाको आक्रमणमा सामान्य घाइते भएका शाहीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Nabintech