७ बैशाख २०८१, शुक्रबार
डेंगु संक्रमितको संख्या साढे नौ हजार नाघ्यो, अहिलेका लामखुट्टे नै स्मार्ट 

हाल हाम्रो समुदायमा देखिने लामखुट्टे नै स्मार्ट खालको हुँदा संक्रमण झन् फैलने जोखिम


  • टाइम्स संवाददाता

  • २८ भाद्र २०७९, मंगलवार १८:३६

काठमाडौं: नेपालमा साढे ९ हजारभन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दश महिनामा ७५ जिल्लाका ९ हजार ८ सय ३५ जनामा डेंगुको संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार डेंगुको संक्रमण सबैभन्दा बढी बागमती प्रदेशमा ७ हजार ४ सय ४० जनामा भएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ६६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै लुम्बिनी प्रदेशमा १३ सय  ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २ र  मधेश प्रदेशमा १ सय ८० जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार झन्डै १० हजार (९ हजार ८३५) डेंगु संक्रमित भेटिँदा ७ जनाले डेंगुकै कारण ज्यान गुमाइसकेका छन्।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक तथा सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुन हाल काठमाडौं उपत्यकामा घरैपिच्छे डेंगुका बिरामी रहेको हुनसक्ने बताउँछन्। फोहोरहरूलाई राम्रोसँग व्यवस्थापन गर्न सके अहिलेको अवस्था आउने थिएन, अहिले बिरामीको अवस्था हेर्दा त घरघरमा डेंगुका बिरामी रहेका छन् जस्तो देखिन्छ‚’ उनले भने।

अहिलेका लामखुट्टे नै स्मार्ट 

डा पुनका अनुसार हाल हाम्रो समुदायमा देखिने लामखुट्टे नै स्मार्ट खालको हुँदा संक्रमण झन् फैलने जोखिम रहेको छ। ‘ पहिले पहिले देखिने जस्तो लामखुट्टे अहिलेको छैन, अहिले त लामखुट्टे हाम्रो अफिसको टेबलदेखि सबै ठाउँमा भेटिन्छ। अहिलेको लामखुट्टे नै स्मार्ट खालको छ, यसरी  दिउँसो देखिने लामखुट्टे त्यसको आनीबानी हाम्रा लागि चुनौतीपूर्ण हुन्छ‚’ उनले भने।

Nabintech