१४ बैशाख २०८१, शुक्रबार
आज ५८ औं राष्ट्रिय बाल दिवस, कोहलपुरमा बक्तृत्वकला

कोहलपुर चप्परगौंरीको होटल वेस्टर्न रिभरसाईडको सभाहलमा बक्तृत्वकलाको आयोजना गरिएको छ


  • टाइम्स संवाददाता

  • २९ भाद्र २०७९, बुधबार ०९:३७

काठमाडौं : ५८ औं राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नारासहित महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन्।

नेपालले  संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई २०४७ भदौं २९ गते अनुमोदन गरेको दिनको अवसरलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाउँदै आएको छ । दिवस २०६३ सालदेखि मनाउन थालिएको हो।

बालदिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले बालबालिकाको उचित पालनपोषण‚ शिक्षादीक्षाका साथै समग्र व्यक्तित्व विकासमा आवश्यक अवसर र सुविधाको व्यवस्था गर्न सबैलाई राष्ट्रिय बाल दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छिन्।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हक सुनिश्चित गरी आवश्यक नीति‚ कानुन र संस्थागत संरचना निर्माण गरेको उल्लेख गर्दै उनले कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला निकायको एकीकृत र समन्वयात्मक भूमिकाको आवश्यकता रहेको बताएकी छिन्।

यसैबिच स्थानिय स्तरमा कोहलपुर हार्डवेयर व्यबसायि संघ परिवारले आज नगर स्तरीय बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । ”समृद्धि र विकासमा हाम्रो सहभागिता व्यवसायी एकता हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगिताको शिर्षक ”कोहलपुर नगरको बृहत्तर विकासमा व्यवसायीहरुको भुमिका” रहेको आयोजकले जनाएको छ ।

आज २९ गते ११ बजेदेखि कोहलपुर चप्परगौंरीको होटल वेस्टर्न रिभरसाईडको सभाहलमा सम्पन्न हुने प्रतियोगितामा नगर स्तरका बिद्यालयका कक्षा ८ देखि १० सम्मका १ छात्र १ छात्राले सहभागिता जनाउन सक्नेछन । प्रतिस्पर्धाबाट प्रथम हुनेले रु १०००० नगद र प्रमाणपत्र ट्रफी प्राप्त गर्नेछन । यसैगरि क्रमश द्धितिय त्रितिय र सान्त्वना हुनेले क्रमश ७५००, ५००० र २५०० नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने आयोजक भरत पनेरुले कोहलपुर टाईम्सलाई बताए ।

Nabintech