१४ बैशाख २०८१, शुक्रबार
जापान उडेको नेपाल एयरलाइन्सको विमानमा धुवाँ देखिएपछि १५ मिनेटमै काठमाडौं फर्काइयो

‘कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको ककपिटमा संकेत देखिएपछि चालकले जहाज काठमाडौं नै फर्काएका थिए’


  • टाइम्स संवाददाता

  • २९ भाद्र २०७९, बुधबार ०९:५९

काठमाडौं :  जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमानमा समस्या आएपछि उडेको १५ मिनेटपछि काठमाडौंमै फर्किएको छ।

मंगलबार राति १० बजेर ३५ मिनेटका लागि  जापानको नारिताका लागि उडेको RA-433 जहाज काठमाडौं विमानस्थल छाडेको १५ मिनेटमै काठमाडौं फर्काइएको हो।

‘कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको ककपिटमा संकेत देखिएपछि चालकले जहाज काठमाडौं नै फर्काएका थिए’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले भने।

चालकदलले जहाज काठमाडौंमा अवतरण गएपछि निगमले अर्को जहाज नभएका कारण ती यात्रुहरूलाई राति सिनामंगलमा रहेको एयरपोर्ट होटल र ज्ञानेश्वरको काभेरी इन होटलमा राखेको थियो। जहाजलाई राति नै मर्मत गरेर ती यात्रुलाई आज बिहान नौ बजे नारिता उडाउने तयारी भइरहेको सिटौलाको भनाइ छ।

Nabintech