१६ चैत्र २०८०, शुक्रबार
बाल दिवस: संबिधान प्रद्धत्त बालबालिकाहरुको अधिकारका कुरा सुन्ने अबसर: नगर प्रमुख आचार्य

प्रथम द्धितिय त्रितिय र सान्तवना हुने सहभागि बालबालिकाहरुलाई नगद १००००, ७५००,५०००र २५०० नगद सहित प्रमाणपत्र र ट्रफी बितरण


  • प्रमोद रिजाल

  • २९ भाद्र २०७९, बुधबार १७:११

कोहलपुर: बाल दिवस संबिधान प्रद्धत्त बालबालिकाहरुको अधिकारका कुरा सुन्ने अबसर भएको कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यले बताएका छन । ५८ औं बाल दिवस २०७९ को अबसरमा आज कोहलपुरमा नगर स्तरिय बक्तृत्वकला प्रतियोगितामा सहभागिहरुलाई संबोधन गर्दै नगर प्रमुखले आचार्यले यस्तो बताएका हुन ।

कोहलपुर हार्डवेयर ब्यवसायी संघ बांकेको आयोजनामा आयोजित पहिलो शत्रलाई सम्बोधन गर्दै आचार्यले संबिधानले गरेको ब्यबस्था अनुसार बालबालिकालाई अधिकारबाट सुसोचित गर्नुपर्ने भन्दै संबिधानमा छुटेका तथा स्थानिय स्तरमा बालबालिकालाई गर्न सकिने चौतर्फि  बिकासका सवालहरुलाई स्थानिय सरकारले चासो राखेको जिकिर गरे । बालबालिकाहरुको अन्तरनिहित प्रतिभालाई उजागर गर्न एस्ताखाले कार्यक्रमको आयोजना गर्नुपर्ने भन्दै नगर प्रमुख आचार्यले घोक्ने बिद्या र शैली भन्दा बाहिर ल्याएर बालबालिकाहरुलाई बहुआयामिक दिशामा डोरयाउन सके मात्र आफुहरु असल अभिभाबक बन्ने बताए ।

नगर प्रमुख आचार्यले किताबको ज्ञानले मात्र हामी पुर्ण हुन सक्दैनौ बिभिन्न खोजमुलक र ब्यबहारीक शिक्षा आजको आबश्यकता हो यस्ले मान्छेलाई रचनात्मक काम गर्न उत्पे्ररणा दिन्छ तसर्थ सामाजिक उत्तर दायित्वको यस्ता कार्यक्रमले बालबालिकाहरुको मनोसामाजिक मनोबिर्मशमा टेवा पुग्ने जिकिर गरे । हामी स्थानिय सरकारले बालबालिकाका निम्ति के गर्न सक्छौ रचनात्मक सुझाव बमोजिम पाठयक्रमलाई समेत बिकसित गर्दै लैजाने नगरको सोच भएको उन्को थप कथन रहेको छ ।

कोहलपुर हार्डवेयर ब्यवसायी संघ बांके अध्यक्ष कुमार उप्रेतीको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा लेखक सागर गैरे, उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य चक्र अधिकारी , बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुरका प्रमुख दान बहादुर हमाल, प्राध्यापक तथा साहित्यकार पुष्कर रिजाल लगाएतले उपस्थित बालबालिकाहरुलाई आफनो मन्तब्य मार्फत हौसला प्रदान गरेका थिए ।
बर्षा पाण्डेको सञ्चालन गरेको कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख नरेन्द्र बहादुर हमाल, नगर शिक्षा प्रमुख रबिलाल मिजार, जुत्ता चप्पल ब्यबसाय संघका बलराम देवकोटा, होटल ब्यबसायी संघका मोहन रिजाल, इलाक्ट्रोनिक बयबसाय संघका नमराज पौडेल,हाम्रो पुर्णिमा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कपिल न्यौपाने, लगाएत बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा शिक्षा प्रेमीहरुको उपस्थिती रहेको कार्यक्रम संयोजक भरत पनेरुले कोहलपुर टाईम्सलाई जनाए ।

साहित्यकार नबिन अभिलाषि, प्राध्यापक खोपिराम वली र प्राध्यापक तथा साहित्यकार पुकर रिजाल निर्णायक मण्डल रहेको उक्त बक्तृत्वकला प्रतियोगितामा ग्रिनपिस माबिकी छात्रा जानवी अर्याल प्रथम हुन सफल भएकी छिन । उन्ले नगद रु १० हजार ट्रफि र प्रशंसापत्र प्राप्त गरेकी छिन । त्यसैगरि द्धितिय त्रितिय र सान्तवना क्रमश सुबेक्षा केसि बाल बिद्या माबि, सृष्टि गौतम जीवन ज्योती र सान्तवनामा गोर्खा युनाइटेडका अनमोल शाहि हुन सफल भएका छन । उनीहरुले क्रमश ७५००, ५००० र २५०० नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्न सफल भएका छन ।
कार्यक्रममा सफल बालबालिकाहरुलाई कार्यक्रमका सभापति कुमार उप्रेती, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख ऐन बहादुर मल्ल लगाएत अतिथीहरुले नगद सहित प्रमाणपत्र र ट्रफी बितरण गरेका थिए ।

Nabintech