• १४ आश्विन २०७९, शुक्रबार
बाँकेमा एमालेको दुई महिने निर्वाचन अभियान सञ्चालन

  • टाइम्स संवाददाता

  • ३० भाद्र २०७९, बिहीबार १६:३८

नेपालगञ्ज : नेकपा (एमाले) बाँकेले मङ्सिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि दुई महिने अभियान सञ्चालन गरेको छ । अभियानको सोमबारराती नेपालगञ्जस्थित पार्टी कार्यालयमा पार्टीका महासचिव शङ्कर पोखरेलले उदघाटन गरेका थिए ।

महासचिव पोखरेलले पार्टीका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकाल र जिल्ला कमिटीका अध्यक्ष किस्मतकुमार कक्षपतिलाई झोला र डायरी हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गरेका हुन् ।

नेकपा एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिश निरौलाका अनुसार, बिहिवार जिल्लास्तरीय कार्यकर्ता भेला गरी अभियानमा खटिने नेता कार्यकर्तालाई झोला हस्तान्तरण गरिएको छ ।

दुई महिने अभियानमा पार्टीका करिब दुईसयजना अगुवा नेता कार्यकर्ता वडाका हरेक टोलमा पुगेर सङ्गठन विस्तार, भेला, बैठकमार्फत निर्वाचनको प्रचारप्रसार गर्ने, योजना बनाउने काममा परिचालन हुने भएका छन् ।

Nabintech