१२ बैशाख २०८१, बुधबार
अछाममा पहिरोले पुरिएर ६ जनाको मृत्यु, ३ जना बेपत्ता

  • टाइम्स संवाददाता

  • १ आश्विन २०७९, शनिबार ०९:५२

अछामको कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ ।  कमलबजार नगरपालिका- ६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । उनका अनुसार पहिरोमा पुरिएका अन्य तीन जनाको खोजी भइरहेको छ ।

ढकारी गाउँपालिका(६ मा पनि पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको रिजालले बताए ।  उनकाअनुसार तीनजनालाई घाइते अवस्थामा उद्दार गरिएको छ । उनीहरुको उद्दारका लागि हेलिकोप्टर मगाइएको छ ।

 

Nabintech