१३ बैशाख २०८१, बिहीबार
धेरै तितो नबोलौं यो सरकार कसरी बन्यो भनेर त छाताछुल्लै भइसकेको छ : अध्यक्ष ओली

  • टाइम्स संवाददाता

  • १ आश्विन २०७९, शनिबार १५:१४

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार भएको भए गत वैशाखमै निर्वाचन भइसकेको हुने बताउनुभएकाे छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे ।

बैठकमा उहाँले अहिलेकाे सरकार संविधान विपरित रहेको र यो प्रतिगमन भएको बताउनुभयाे । यद्यपि, यो सरकारले निर्वाचन तोकिसकेका कारण अब धेरै बहस गर्न जरुरी नभएको बताउनुभयाे । उहाँले आफू सरकारमा रहिरहेको भए १७ र २७ वैशाखमै भइसकेको हुने बताउनुभयाे ।

उहाँले यो सरकारले जेसुकै भने पनि संविधानको उल्लघन गरेको घटना अहिले भइरहेका घटनाक्रम देखाएको पनि बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘सरकार बनाएको परिवेश त छताछुल्ल भएकै छ । जे भए पनि अब हामी एउटा कोर्षमा गइसकेका छौं । निर्वाचनको मिति तोकिएको छ । यो प्रतिगमन होइन । तर, संविधानविपरित परमादेशबाट सरकार गठन हुनु चाही प्रतिगमन नै हो ।’

बैठकमा उहाँले यो सरकारले भष्ट्राचारको सन्दर्भमा ‘ भन्दा देख्नेलाई लाज’ भने जस्तो गरिरहेको बताउनुभयाे। उहाँले अब छुट्टिने बेलामा धेरै कठोर नबोलने पनि बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘तितो नबोलौं तर प्रधानमन्त्रीलाई सही बाटो देखाउनै पर्छ ।’

संबोधनका क्रममा संसदको प्रारम्भमा निकै राम्रा काम भएको बताउनुभयाे । प्रारम्भामा धेरै कानुन संसोधन गरेको, संघीयताका संरचना निर्माण गरेका, संघ, स्थानीय तह कसरी चलाउने भनेर संविधान अनुकुल कानुन र अन्य संरचना निर्माण गरेको बताउनुभयाे । यस्तै, प्रदेशहरूको राजधानी तोक्ने, एउटा बाहेक बाँकीको नामाकरण लगायत काम निकै राम्रोसँग गरेको बताउनुभयाे। साथै, भूकम्पपछिको पुनर्निर्माणमा पनि अत्यन्तै प्रभावकारी काम भएको बताउनुभयाे।

Nabintech