१४ बैशाख २०८१, शुक्रबार
आक्रमणकारीले लखेट्दै गोली हाने, छोरीले एक तल्ला माथिबाट हाम्फालेर खेदाइन् (भिडिओ)

  • टाइम्स संवाददाता

  • ४ आश्विन २०७९, मंगलवार ०६:१२

काठमाडौं –  काठमाडौंको गल्फुटारमा सोमबार साँझ मोटरसाइकलमा आएको हतियारधारी समूहले लाल मोहम्मदलाई गाडीबाट ओर्लिएलगत्तै गोली हानेको छ । गोली प्रहारबाट उनको मृत्यु भइसकेको प्रहरीले पुष्टि गरिसकेको छ ।

सिसिटिभी फुटेजमा गाडीबाट ओर्लिएलगत्तै एक व्यक्तिले मोहम्मदलाई गोली हान्दै लखेटेको देखिन्छ । कारको वरिपरि एक फन्को लगाएपछि आक्रमणकारी त्यहाँबाट भागेका थिए । मोहम्मदलाई गोली प्रहार भइरहँदा एक महिला नजिकैको घरको एक तलामाथिबाट हाम फालेर आक्रमणकारीलाई लखेटेको देखिन्छ ।

प्रहरीले ती महिला मोहम्मदकी छोरी भएको जनाएको छ । मोहम्मद गार्मेन्ट सन्चालक हुन् । काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले मोहम्मदको शरिरमा २–३ राउन्ड गोली प्रहार भएको बताए । घाइतेको उपचारका क्रममा मृत्यु भएको उनले बताए ।  घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल पनि बरामद गरेको छ। काठमाडौं प्रहरी प्रवक्ता मैनालीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

Nabintech