१४ बैशाख २०८१, शुक्रबार
अनेरास्ववियु बाँकेले आक्रामक ढङले संगठन बिस्तार गर्दै

  • टाइम्स संवाददाता

  • ५ आश्विन २०७९, बुधबार ११:०३

कोहलपुर:अनेरास्ववियु बाँकेले आक्रामक तवरले आफनो संगठन बिस्तार गरिरहेको जनाएको छ । यति बेला अनेरास्ववियु बाँके विभिन्न स्कुल कलेजमा संगठन बिस्तारको अभियानमा जुटेको छ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले जनता मा बि राप्तिसोनारी ९ मा सन्ध्या ओलिको अध्यक्षतामा १५ सदस्यीय प्रारम्भि कमिटी गठन गरेको छ भने सङ्गठन बिस्तार गर्ने क्रममा बिनौनाको भुवरभुवानी मा. बि. मा ज्योति थारुको अध्यक्षतामा ३१ सदस्य रहेको प्रा.क कमिटी गठन गरेको छ ।

अनेरास्ववियु बांके जिल्ला अध्यक्ष दिनेश के सि को अध्यक्षतामा लक्ष्मी मा बि कोहलपुर २ बर्दहवामा समेत अनेरास्ववियु प्रा.क गठन भएको छ जस्मा इलम बुडाको अध्यक्षतामा ३१ सदस्यीय प्रा.क कमिटी चयन भएको छ भने गणेश मा बि राप्तिसोनारी ९ मा यज्ञस्वर बिस्टको अध्यक्षतामा २७ सदस्यीय प्रा.क.कमिटी गठन गरिएको अनेरास्ववियु बांकेका उपाध्यक्ष बिकल भट्टराईले कोहलपुर टाइम्सलाई जनाएका छन ।

आक्रामक ढङले संगठन बिस्तार गर्ने भन्दै अनेरास्ववियु जिल्ला अध्यक्ष दिनेश केसि, केन्द्रिय सदस्य सुमन घिमिरे , पुर्ब केन्द्रिय सदस्य लाल बहादुर सुनार , माधब पौडेल , केन्द्रिय सदस्य टोपराज जैसी , जिल्ला उपाध्यक्ष बिकल भट्टराई , जिल्लाका अन्य सदस्यहरु अहिले संगठन बिस्तार गर्ने भन्दै जिल्ला दौडाहामा निस्किएका छन ।

Nabintech