१४ बैशाख २०८१, शुक्रबार
कपनमा आगलागी : ३ जनाको ज्यान गयो (अपडेट)

  • टाइम्स संवाददाता

  • ६ आश्विन २०७९, बिहीबार ०६:१०

काठमाण्डौ –  काठमाण्डौको कपनमा रहेको लसुनटारको एक घरमा आगलागी हुँदा तीन जनाको ज्यान गएको छ । काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका–११ कपनको लसुनटारमा आज बेलुकी पौने ७ बजेतिर आगलागी हुँदा तीन जनाको ज्यान गएको हो । ज्यान गुमाउनेको पहिचान भने खुल्न सकेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पौने सात बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा केहीबेर अगाडि निभाइएको जानकारी दिनुभयो ।

आगलागी के कारणले भयो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको उहाँको भनाइ छ । आगो निभाइए पनि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीको खोज तथा उद्धारको टोलीले अहिले घटनास्थलमा रहेका छन् ।

आगो निभाउनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासीका साथै वारुणयन्त्र र पानी ट्याङ्करको प्रयोग गरिएको प्रवक्ता मैनालीले बताउनुभयो ।

Nabintech