१४ बैशाख २०८१, शुक्रबार
क्रान्तिकारी माओवादीसहित ४ दलले चुनाव बहिष्कार गर्ने

  • टाइम्स संवाददाता

  • ६ आश्विन २०७९, बिहीबार १०:४२

काठमाडौं –  मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)  लगायत चार कम्युनिस्ट पार्टीले चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा (मसाल)  र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन् ।

चार दलको संयुक्त बैठकले बहिष्कार गर्ने निर्णय गरेको नेकपा बहुमतका प्रवक्ता हेमन्तप्रकाश वली (सुदर्शन) ले जानकरी दिए ।  चुनाव बहिष्कारबारे जानकारी दिने आज संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

Nabintech