१४ बैशाख २०८१, शुक्रबार
बाँकेमा जिल्ला न्यायाधिश महरा मुख्य निर्वाचन अधिकृत

नियुक्त भएका अधिकृतहरूलाई असोज १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम राखिएको छ


  • टाइम्स संवाददाता

  • ६ आश्विन २०७९, बिहीबार १४:४१

नेपालगञ्ज : निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराउन आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो ।

बाँकेमा जिल्ला अदालत बाँकेका जिल्ला न्यायाधीश धनसिंह महरालाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । उनी क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत तोकिएका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा सर्वोच्च अदालतका इजलाश अधिकृत यामप्रसाद बास्कोटा र क्षेत्र नम्बर ३ मा जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधिवक्ता प्रकाश बहादुर भण्डारी निर्वाचन अधिकृत नियुक्त तोकिएका छन् ।

नियुक्त भएका अधिकृतहरूलाई असोज १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम राखिएको छ । यो कार्यक्रममा अनिवार्य रुपमा उपस्थित हुन आयोगले सूचना जारी गरेको छ । अभिमुखीकरण कार्यक्रमपछि निर्वाचन अधिकृतहरूलाई नियुक्तिपत्र प्रदान गरिने आयोगले जनाएको छ ।

मंसिर ४ गते हुने मतदानका लागि निर्वाचन आयोगले प्रक्रिया सुरु गरिसकेको छ । यसअघि समानुपातिक निर्वाचन प्रणालीका लागि बन्दसूची दर्ता भइसकेको छ । प्रत्यक्ष निर्वाचनका लागि यही असोज २३ गते मनोनयन दर्ताको कार्यसूची रहेको छ ।

Nabintech