१५ चैत्र २०८०, बिहीबार
विश्व मुटु रोग दिवस कौशिल्या अस्पतालमा निःशुल्क विशेषज्ञ परामर्श सेवा

विश्व मुटु महासंघका अनुसार विश्वभर बर्सेनी एक करोड ८६ लाख मानिसको मुटुसम्बन्धी रोगबाट मृत्यु हुने गरेको छ


  • प्रमोद रिजाल

  • १३ आश्विन २०७९, बिहीबार १५:५८

कोहलपुर: विश्व मुटु रोग दिवसको अवसरमा बाँकेको कोहलपुरस्थित कौसिल्या अस्पतालले प्रेसर सुगर र मुटु सम्बन्धी निःशुल्क विशेषज्ञ परामर्श सेवा बिहिबार कोहलपुर स्थित आफनै अस्पतालमा दिएको छ ।

आज विश्व मुटु रोग दिवसको अबसरमा अस्पतालले प्रेसर, सुगर र मुटु सम्बन्धी निःशुल्क विशेषज्ञ परामर्श सेवा दिईएको अस्पतालका निर्देशक राम न्यौपानेले कोहलपुर टाईम्सलाई बताए ।

मुटु स्वास्थ्यबारे पूर्व जानकारी दिने र सचेतना फैलाउने उद्देश्यले प्रेसर, सुगर र मुटु सम्बन्धी एक दिने निःशुल्क विशेषज्ञ परामर्श सेवामा करिब ५ दर्जन बिरामीहरुले सेवा लिएको न्यौपानेको भनाई छ ।

अस्पतालले यसअघि पनि यस्ता दिवसहरुमा विभिन्न खाले स्वास्थ्य परामर्श सेवा दिँदै आएको छ । एक साता अघि पनि अस्पतालले प्रसूति तथा स्त्री रोग सम्वन्धी ८ दिनसम्म निःशुल्क चेकजाँच र परामर्श शिविर राखेको थियो ।

अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वलाई समेत सम्झेर बेला बखत विभिन्न रोगहरुको बारेमा उपचार, निदान र परामर्शका कार्यक्रमहरु राख्ने गरिएको पनि न्यौपानेले बताए ।

प्रेसर, सुगर र मुटु सम्बन्धित जनरल फिजिसियन नन्द कुमार यादबले अस्पतालमा आएका बिरामीहरुलाई चेक जांच गरेका थिए ।
हरेक मुटुलाई मुटुदेखि नै माया गरौँ भन्ने नारासहित यो दिवस मनाइएको छ । विश्व मुटु महासंघ र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रूपमा मनाउने गरिएको हो।

विश्व मुटु महासंघका अनुसार विश्वभर बर्सेनी एक करोड ८६ लाख मानिसको मुटुसम्बन्धी रोगबाट मृत्यु हुने गरेको छ। जसमा विकासोन्मुख र अविकासित देशहरूमा मुटुरोगबाट मृत्यु हुनेको संख्या ८० प्रतिशतभन्दा बढी रहेको छ ।

सन् २०३० सम्ममा विश्वभर मुटुरोगबाट मृत्यु हुनेको संख्या बर्सेनी २ करोड ५० लाख सम्म पुग्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ। हृदयाघात सबैभन्दा बढी मानिसको मृत्युको कारक हुने पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ।

चिकित्सकहरुका अनुसार धूमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारिरीक व्यायम गर्ने गर्दा मुटु रोगबाट बच्न सकिन्छ

Nabintech