१६ चैत्र २०८०, शुक्रबार
बडा दशैँको छैठौँ दिन माँ कात्यायनीको पूजा गरिँदै

  • टाइम्स संवाददाता

  • १५ आश्विन २०७९, शनिबार १५:०८

नेपालगञ्ज : बडा दशैँ अन्तर्गत शनिवार छैठौँ दिन कात्यायनी भगवतीको पूजा गरिँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गरिन्छ ।आजको दिनमा कात्यायनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख जस्ता सङ्कट नाश हुने धार्मिक विश्वास रहेको छ ।

नवरात्रिका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । आज बागेश्वरी मन्दिरलगायत देभरका देवीका मन्दिर तथा शक्तिपीठहरुमा दर्शनका लागि दर्शनार्थीको भिड लागेको छ ।

Nabintech