१३ बैशाख २०८१, बिहीबार
डेंगु संक्रमित मेयर बिष्टको स्वास्थ्यमा क्रमिक सुधार, देशभर ३० हजार डेंगुका बिरामी

  • टाइम्स संवाददाता

  • १५ आश्विन २०७९, शनिबार १६:४३

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टको स्वास्थ्यमा क्रमिक रुपले सुधार आएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज (नर्सिङ होम) मा भर्ना भएका उनको स्वास्थ्यमा सुधार आएको हो । डेंगु संक्रमित मेयर बिष्टको स्वास्थ्यमा क्रमिक रुपले सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

मेडिकल कलेजका फिजिसियन डा. आशिम किदवाईले उनको उपचार गरिरहेका छन् । ‘मेयर साबको स्वास्थ्यमा अहिले धेरै सुधार आईसकेको छ, पहिलेको भन्दा अहिले ज्वरो पनि धेरै कम भइसकेको छ, अहिलेसम्म रिपोर्ट पनि राम्रो आएको छ,’ डा. किदवाईले दूरसञ्चार डटकमसँग भने ‘उहाँ अझै एक/दुई दिनसम्म अस्पतालमा बस्नुपर्ने हुन्छ ।’

परिवारका अनुसार मेयर बिष्टलाई बुधबार बेलुकादेखी ज्वरो आउन सुरु भएको थियो । अस्पतालको १३३ नम्बर क्याबिनमा उनी भर्ना भएका छन् ।

३० हजार नाघ्यो डेंगुका बिरामीको संख्या

नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि उक्लिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनयता डेंगु संक्रमितको संख्या बढेको हो। हाल देशभर ३० हजार १८६ जना डेंगुका बिरामी रहेको मन्त्रालयले जनाएको छ।  डेंगुबाट हालसम्म ३९ जना बिरामीको मृत्यु भइसकेको छ। यो संख्या नेपालमा डेंगु देखिए यताको सर्वाधिक हो।

Nabintech