१४ बैशाख २०८१, शुक्रबार
कैलालीमा ‘चरी बाघ’को उद्धार

  • टाइम्स संवाददाता

  • १५ आश्विन २०७९, शनिबार २०:४२

धनगढी : कैलालीमा एउटा ‘चरी बाघ’ भेटिएको छ। जिल्लाको गौरीगङ्गा नगरपालिका–७ स्थित चौधरी खोलामा शनिबार ‘चरी बाघ’ फेला परेको हो।

डिभिजन वन कार्यालय धनगढीले चौधरी खोलामा बाघको एउटा डमरु फेला परेको र उक्त डमरुको उद्धार गरिएको जानकारी दिएको छ। सो चरी बाघको डमरुलाई सब डिभिजन वन कार्यालय मसुरियाले उद्धार गरेर धनगढी ल्याएको हो।

उद्धार गरेर ल्याइएको डमरुलाई धनगढीको शिवपुरीस्थित असहाय तथा टुहुरा वन्यजन्तु स्याहार केन्द्रमा राखिएको छ। उक्त डमरुलाई केही दिनपछि वनमा छोडिने बताइएको छ। सो चरी बाघ वयस्क भइनसकेको रहेको जनाइएको छ।  कैलालीको घोडाघोडी सिमसार क्षेत्र, गौरीगङ्गा, बसन्ता करिडोर क्षेत्रमा चरी बाघ पाइने गरेका छन्।

Nabintech