१९ बैशाख २०८१, बुधबार
ब्यारेकभित्रै महिला प्रहरीलाई जबरजस्ती करणी गरेकाे आराेपमा खानीखाेलाका इन्सपेक्टर पक्राउ

  • टाइम्स संवाददाता

  • १६ आश्विन २०७९, आईतवार २०:१४

धादिङ: धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक (इन्सपेक्टर) ५२ वर्षीय अपूर्व ढुंगाना अङ्गरक्षकलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

२५ वर्षकी एक महिला प्रहरीले आफूमाथि गए राति प्रहरी निरीक्षक ढुंगानाले जबरजस्ती करणी गरेको जाहेरी दिएपछि आज आइतवार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

महिला प्रहरी बस्ने ब्यारेक (क्वार्टर) मै गएर जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामबहादुर खत्रीले बताउनुभयो ।

पालिका चुनावदेखि विवादमा आएका ढुंगानामाथि आफ्नै सहकर्मीलाई कुटपिट गरेको, सार्वजनिक क्षेत्रमा नागरिकमाथि अभद्र व्यवहार गरेको जस्ता आरोप लाग्दै आएको छ ।

Nabintech