• १६ मंसिर २०७९, शुक्रबार
घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

  • रासस

  • १८ आश्विन २०७९, मंगलवार १३:५२

मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् । सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो ।

उनको पुरानो मेडिकल कलेज पुर्‍यायाउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

Nabintech