२२ बैशाख २०८१, शनिबार
लुम्बिनी प्रदेशमा एमालेको उम्मेदवार टुंगियो (नामावलीसहित): बाँके क्षेत्र नं. १ मा ढकाल

  • टाइम्स संवाददाता

  • २२ आश्विन २०७९, शनिबार ०६:३३

बाँके्नेकपा एमालेले लुम्बिनी प्रदेशको पूर्वी रुकुमबाहेक सबै जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । जसपा र राप्रपासग तालमेल हुने क्षेत्र छुट्याएर एमालेले टिकट वितरण गरेको हो । एमालेको रुपन्देही–१ बाट छवीलाल विश्वकर्मालाई टिकट दिएको छ । प्रदेशसभा तर्फ (क)  तालमेलका लागि छुट्याइएको छ । (ख)  बाट दधिराम न्यौपानेले टिकट पाएका छन् । रुपन्देही–२ बाट विष्णुप्रसाद पौडेल उम्मेदवार बन्नेछन् । प्रदेशसभा तर्फ (क) लिला गिरि र (ख) भोजप्रसाद श्रेष्ठले टिकट पाएको छ ।

रुपन्देह–३ मा राप्रपाका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क) मा तालमेलका लागि छुट्याइएको छ भने (ख)  मा तुलसीप्रसाद चौधरीले टिकट पाएका छन् । रुपन्देह–४ मा तालमेलका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क)  मा हजरत अलि र (ख) तालमेलका लागि छुट्याइएको छ । रुपन्देही–५ पनि तालमेलका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क)  भुमेश्वर ढकाल र (ख) मा तालमेलका लागि छुट्याइएको छ । कपिलवस्तु–१ मा बलराम अधिकारीलाई टिकट दिइएको छ ।

प्रदेशसभा तर्फ (क)  बिष्णु पन्थी र (ख)  तालमेलका लागि छुट्याइएको छ । कपिलवस्तु–२ मा बृजेशकुमार गुप्तालाई टिकट दिइएको छ । प्रदेशसभा तर्फ (क)  नवराज लामिछाने र (ख) धर्मबहादुर लाल श्रीवास्तवले टिकट पाएका छन् । कपिलवस्तु–३ मा गंगलप्रसाद गुप्तालाई टिकट दिइएको छ । प्रदेशसभातर्फ (क) अर्जुनकुमार रेग्मी र (ख) मा तालमेलका लागि छुट्याइएको छ ।दाङ–१ मा शान्ता चौधरीले टिकट पाएकी छन् । प्रदेशसभा तर्फ (क)  मा गंगाराम भट्टराई र (ख)मा कुलप्रसाद केसीले टिकट पाएका छन् ।

दाङ–२ मा शंकर पोखरेल उम्मेदवार बन्ने छन् । प्रदेशसभा तर्फ (क) बलिभद्र राना र (ख)  मा गिरिराज केसीले टिकट पाएका छन् । दाङ–३ मा कोमल वलीले टिकट पाएकी छन् । प्रदेश तर्फ (क)  मा घनश्याम पाण्डे र (ख)  हुकुमबहादुर बस्नेत उम्मेदवार बन्ने भएका छन् । बाँके–१ मा सूर्यप्रसाद ढकालले टिकट पाएका छन् । प्रदेश तर्फ (क) तालमेलका लागि छुट्याइएको छ भने (ख)  दुर्गाप्रसाद चौधरीले टिकट पाएका छन् । बाँके–२ तालमेलका लागि छुट्याइएको छ ।

प्रदेशसभा तर्फ (क)  मा विजय यादव र (ख)  मा निरजबहादुर गुरुङले टिकट पाएका छन् ।बाँके–३ मा किस्मतकुमार कक्षपतिले टिकट पाएका छन् । प्रदेशतर्फ (क) रत्नबहादुर खत्री र ९ख० भीमबहादुर वलीले टिकट पाएका छन् ।बर्दिया–१ मा लक्ष्मणराज ज्ञवालीले टिकट पाएका छन् । प्रदेशसभा तर्फ ९क० मा शालिकराम अधिकारी र (ख) भक्तबहादुर विकले टिकट पाएका छन् । बर्दिया–२ मा पंकजसिंह रौठोरले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क) लहनु चौधरी र (ख)  मा कृष्णी थारुले टिकट पाएकी छन् ।

गुल्मी–१ मा प्रदीपकुमार ज्ञवाली उम्मेदवार बन्नेछन् । प्रदेशसभा तर्फ (क) चिन्तामणि पाण्डे र (ख) मा ठर्सूराम पाण्डेले टिकट पाएका छन् ।गुल्मी–२ मा गोकर्णराज बिष्ट उम्मेदवार बन्नेछन् । प्रदेशसभा तर्फ (क)  मा डिल्लीराज भुसाल र (ख)  मा दिनेश पन्थीले टिकट पाएका छन् ।

पाल्पा–१ मा नारायणप्रसाद आचार्यले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क)  मा राजुप्रसाद श्रेष्ठ र (ख)  मा खिमबहादुर सारुले टिकट पाए । पाल्पा–२ मा ठाकुर गैरेले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क)  पर्शुराम भट्टराई र (ख)  मा ओमबहादुर घर्ती उम्मेदवार बन्नेछन् । पश्चि परासी–१ तालमेलका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क) मा पुन्यप्रसाद पौडेल र (ख)  मा दीपकराज शर्माले टिकट पाए ।

पश्चिम परासी–२ मा दीपेन्द्रकुमार अधिकारीले टिकट पाए । प्रदेशसभा तर्फ (क)  मणिप्रसाद गैरे र (ख)  तालमेलका लागि छुट्याइएको छ ।प्यूठानबाट सूर्यबहादुर थापा क्षेत्रीले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क)  तुलसीराम शर्मा र (ख)  मा हरिप्रसाद रिजालले टिकट पाए ।अर्घाखा“चीबाट टोपबहादुर रायमाझीले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क) चेतनारायण आचार्य र (ख)  बाट रामजीप्रसाद घिमिरेले टिकट पए । रोल्पाबाट पूर्णबहादुर बुढामगरले टिकट पाएका छन् । प्रदेशसभा तर्फ (क) मा कमल बुढाथोकी र (ख)  मा प्रेमबहादुर घर्तिमगरले टिकट पाएका छन् ।

Nabintech