२२ बैशाख २०८१, शनिबार
प्युठानमा बेपत्ता भएका ६ मध्ये दुई जनाकाे शव भेटियाे

  • टाइम्स संवाददाता

  • २२ आश्विन २०७९, शनिबार ०९:४६

प्युठान: प्युठानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनामध्ये आज शनिवार बिहान दुई जनाको शव फेला परेको छ । शव भेटिएका उनीहरूको परिचय खुल्न नसकेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।

माण्डवी गाउँपालिका–४ फरन्डीमा बमबहादुर बुढा मगरको घर माथिबाट हिजो शुक्रवार आएको पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका थिए । बाँकी चार जनाको खोजी भइरहेकाे प्युठान प्रहरीले जनाएकाे छ ।

अहिले पनि प्युठानमा हल्का पानी परिरहेको छ । पानी परेका कारण उद्धारमा केही कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो । अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विपद् प्रतिकार्यको उद्धार टोलीले पहिरोमा पुरिएर बेपत्ता भएका चार जनाको खोजी गरिरहेका छन् ।

 

Nabintech