२२ बैशाख २०८१, शनिबार
लुम्बिनीबाट संघमा ४ सीट पाएको नेकपा एसलाई प्रदेशमा भागै पुगेन

  • रामप्रसाद आचार्य 

  • २२ आश्विन २०७९, शनिबार १०:०८

रुपन्देही – लुम्बिनीका २६ संघीय क्षेत्रबाट गठबन्धनबाट ४ सीटमा उम्मेदारी पाएको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशसभामा भने कुनै भागवण्डा पाउन सकेन । संघमा दाङ १, पाल्पा २, गुल्मी २ र रुपन्देहीमा भागवण्डा पाएको एसले लुम्बिनी प्रदेशका ५२ निर्वाचन क्षेत्रमध्ये कुनै पनि सिट पाएन ।

नेकपा एसका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीले गठबन्धनको भावना विपरीत दलहरुले बनाएको भागवण्डा पार्टीलाई मान्य नहुने बताए ।‘प्रदेशमा शून्य बनाएर के को गठबन्धन हो हामीले बुझ्नै सकेका छैनौ, प्रदेशमा हामीले कम्तीमा ७ वटा चाहिने भनेका थियौं तर अन्तिम लिस्टमा त्यो देखिएन, प्रदेशमा निल बनाएर संघमा के को गठबन्धन हुन्छ र रु’ उनले नेपाल प्रेससँग भने ।

प्रदेशका ५२ क्षेत्र कसलाई कहाँ ? 

गुल्मी क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क माओवादी केन्द्रको भागमा परेको छ भने ख कांग्रेसको भागमा परेको छ । त्यस्तै क्षेत्र नम्बर २ अन्तर्गत क कांग्रेस र ख माओवादीको भागमा परेको छ ।  पाल्पा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभाका दुवै क्षेत्र कांग्रेसले पाउँदा क्षेत्र नम्बर २ अन्तर्गत क नेपाली कांग्रेस र ख माओवादी केन्द्रको भागमा परेको छ । क्षेत्र नम्बर २ अन्तर्गत क नेपाली कांग्रेस र ख माओवादी केन्द्रको भागमा परेको छ ।

त्यस्तै अर्घाखाँचीमा प्रदेशसभाका दुईवटा क्षेत्र काँग्रेस र माओवादी केन्द्रले बाँडेका छन् । रुपन्देही १ मा प्रदेशसभाका दुवै क्षेत्र कांग्रेसले पाएको छ भने क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभातर्फ क मा नेपाली कांग्रेस र ख मा माओवादी केन्द्रलाई छुट्टयाइएको छ । रुपन्देही–३ को प्रदेशसभामा क लोसपा र ख कांग्रेसको भागमा परेको छ ।

रुपन्देही क्षेत्र नम्बर ४ मा प्रदेशसभाका दुवै क्षेत्र कांग्रेले पाएको छ भने ५ को क मा माओवादी केन्द्र र ख मा कांग्रेसले पाएको छ ।कपिलवस्तु क्षेत्र नम्बर १ र २ को प्रदेशसभा कांग्रेसको भागमा परेको छ । क्षेत्र नम्बर ३ को क मा माओवादी केन्द्र र ख मा कांग्रेसका लागि छुट्टयाइएको छ ।

रुकुमपुर्वमा प्रदेशसभाका दुवै क्षेत्र माओवादीको भागमा परेका छन् । रोल्पामा भने क माओवादी केन्द्र र ख कांग्रेसले पाएका छन् । प्यूठानमा प्रदेशसभातर्फ क माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ ।

दाङ १ को प्रदेशसभा क मा माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ भने क्षेत्र नम्बर २ मा प्रदेशका दुवै क्षेत्र काँग्रेसले पाएको छ । दाङ ३ मा प्रदेशतर्फ क कांग्रेस र ख माओवादी केन्द्रले बाँडेका छन् ।

बाँके १ को प्रदेशसभातर्फ क माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ भने बाँके २ को प्रदेशसभा क खाली राखिएको छ भने ख कांग्रेसको भागमा परेको छ ।

बाँके ३ मा प्रदेश क तर्फ माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ । बर्दिया १ को प्रदेश क तर्फ कांग्रेस र ख माओवादी केन्द्रको भागमा परेको छ । बर्दिया २ मा क काँग्रेस र ख माओवादी केन्द्रले पाएको छ ।नवलपरासी पश्चिम–१ को प्रदेशतर्फ क कांग्रेस र ख माओवादीको भागमा परेको छ । नवलपरासीपश्चिम–२ को प्रदेशतर्फ क माओवादी केन्द्र र ख कांग्रेसको भागमा परेको छ ।

Nabintech