८ बैशाख २०८१, शनिबार
बांके क्षेत्र नं १ बाट संघिय सांसदका लागि सूर्य ढकाल सिफारीस ! को हुन ढकाल ?

आम नागरिकका दैनिक जनजिबिका (गास बास कपास, रोग, भोग र शोक) एबं बिकास निर्माणलाई पहिलो प्राथामिकतामा राखेर काम गर्ने धोको छ : ढकाल


  • प्रमोद रिजाल

  • २२ आश्विन २०७९, शनिबार ११:२५

कोहलपुर: स्व.बुवा तुल्सिरामा ढकाल आमा पबित्रा ढकालको कोखबाट बि.सं.२०२९ बैशाखमा स्याङजामा जन्मिएका सूर्य ढकाल हाल कोहलपुर १२ का स्थायी बासिन्दा  हुनुहुन्छ । राजनितिशास्त्रमा स्नात्तकोत्तर सम्म अध्यन गर्नुभएका ढकाल बांकेका युवाहरुमाझ लोकप्रिय हुनुका साथै युवाहरुका ढुकढुकीका रुपमा समेत चिनिनुहुन्छ । हरेक कठिनाईलाई अभियानका रुपमै लैजाने ढकाल निडर, हक्कि तथा शाहसी युवाका रुपमा बांके जिल्लामा चिनिनुहुन्छ ।

सुगम भन्दा दुर्गमका जनतालाई सेवा दिन रुचाउने ढकाल प्राय राप्तिपारीका गाउहरु बेतहनि, होलिया, नरैनापुर, बैजापुर, फत्तेपुर नगएको र त्यहा रहेर समुदायको पिर मर्का नबुझेको दिन नै हुदैन भन्दा पनि अतिसयोक्ति नहोला ।

पार्टिको काममा होस या जनताका जनजिबिकाका सवालमा खरो रुपमा उत्रने ढकाल आम नागरीकका समस्या तत्काल समाधान हुनुपर्नेमा आफनो मुख्य एजेण्डा नै भएको ठान्दछन ।नागरीकलाई रोग भोग र शोकमा देख्न नचाहने ढकाल अहिले तीनै जनताको दैनिक जनजिबिकाहरुलाई राज्यस्तरबाट सम्बोधन गर्न संघिय संसदको उम्मेदवारको रुपमा आफुलाई  उभ्याउनु भएको छ ।

आफुले जितेर गएपछि परम्परागत संसद जस्तो काममा झारा टार्ने कार्य आफुले नगर्ने बरु जनताको मन छुने कार्य गरेर आम समस्या, बिकास निर्माण देखि जनजिबिकालाई नजिकबाट नियाल्ने बताउनुहुन्छ ।

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूको प्रा.क. सदस्य हुँदै विस २०४५ सालबाट आफ्नो राजनीतिक जीवन यात्रा सुरु गर्नुभएका सूर्य ढकालले थुप्रै आरोहअवरोहमा आफुलाई संगठनको कटिवद्द कार्यकर्ताको रुपमा प्रमाणित गर्नुभएको छ । तत्कालिन समयमा पार्टीको जिल्ला सदस्यबाट उपाध्यक्ष हुँदै आफुलाई नेतृत्वमा अब्बल सावित गर्दै उहाले जिल्ला अध्यक्ष भएर दुई कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नु भएको छ ।

राजनीतिक संघर्षमा आफुलाइ खरो रुपमा प्रस्तुत गर्नुभएका ढकालले तत्कालिन पार्टी संरचना अनुसार अन्चल सदस्य ,उपाध्यक्ष र अध्यक्ष हुँदै भेरि अञ्चल ईन्चार्जको महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्नुभयो । पार्टी जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्ने क्रममा ढकालले केन्द्रीय सदस्य हुने अवसर प्राप्त गर्नुभयो । यसैगरी राष्ट्रिय युवा सघ नेपाल अन्चल सदस्य ,अध्यक्ष, केन्द्रीय सदस्य तथा केन्द्रीय प्रशिक्षण विभाग प्रमुख,केन्द्रीय सचिव,उपाध्यक्ष र कार्यवाहक अध्यक्ष हुदै पार्टी गाउँ कमिटीको सचिव ,जिल्ला कमिटीको सदस्य सचिवालय सदस्य क्षेत्र नम्बर १ ईन्चार्ज,जिल्ला अध्यक्ष हुँदै सूर्य ढकाल हाल लुम्बिनी प्रदेशको सचिवालय सदस्य रहनुभएको छ ।

बाकेबाट काठमाडौँ आइ पत्रकारिता क्षेत्रमा समेत आफुलाई स्थापित गर्नुभएका ढकालले नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सदस्य पदको जिम्मेवारी संगै बाँके जिल्लाको ईन्चार्जको रुपमा रहनु भएको छ ।

नेकपा एमाले र माओवादी मिलेर बनेको संयुक्त गठबन्धनमा बिबाद उत्पन्न भएका बखत ढकाल बाके जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । सूर्य ढकालले एमालेलाई बाकेमा देश कै नमुनाको रुपमा समेत प्रस्तुत गर्न सफल हुनुभएको थियो । उहाँले बाकेमा संगठन बिस्तार लाई तीब्रता दिनुका साथै ८१ वटा वडामा कमिटी बिस्तार र जनबर्गिय सङगठनलाई चलाएमान बनाउदै जिम्मेवारी र पार्टी प्रतिको कर्तव्य इमान्दारीपूर्वक पुरा गर्नुभएको थियो । लामो समय सम्म बिस्तार नभएका कमिटिहरु उहाँकै पालामा चलाएमान हुनुका साथै पार्टी सद्स्यतामा समेत वृद्धि भएको थियो ।
पार्टी र जनताका माझमा लोकप्रिय नेता सुर्य ढकाललाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा बाँके क्षेत्र नं. १ बाट संघिय सांसदको लागि पार्टिले टिकट समेत दिईसकेको छ ।

बांके जिल्ला होस या देशभरि नै किन नहोस दैबि प्रकोप, महामारी, भोकमरी, आगलागि, बाढिपहिरो जस्ता बिपतका बेला समेत आफनो ज्यानको बाजि राखेर उद्दार र राहतमा होमिने ढकाल एक सादा जिबनमै रमाउन चहाने ब्यक्तित्व हुनुहुन्छ ।

फुर्सदको समयमा आफनै बारीमा फलफुुल खेती, कुखुरापालन ब्यबसायमा समेत रम्ने ढकाल परीवारलाई समेत उत्तिकै समय दिन रुचाउनु हुन्छ । आफनो युवा अबस्था सम्म पनि सम्पुर्ण जिबन पार्टि र जनताको सेवामा ब्यतित गरेका ढकाल बांके जिल्लामा समेत चर्चित नेताका रुपमा चिनिनु हुन्छ ।

Nabintech