१५ बैशाख २०८१, शनिबार
मैले चिनेको सुर्य ! रघुनाथ अधिकारीको पत्र सूर्य ढकाललाई

उदाउदो सूर्यको रूपमा आफुलाई गाउँ र समाजसँग घुलमिल गराउदा गराउदै सबै को साझा ब्यक्तिको रुपमा परीचित


  • रघुनाथ अधिकारी

  • २३ आश्विन २०७९, आईतवार ०५:४७

 प्रिय साथी सुर्य, सुमधुर सम्झना।

सबभन्दा पहिले त आगामि संघिय निर्बाचनमा टिकट पाउनु भयो भन्ने खबरले निकै खुशि छु र सफलताको अग्रिम शुभकामनाको साथै बधाई दिन चाहन्छु।साथी,समय कति बलवान छ,उति बेलाको बालापन र बर्तमानको बयस्कमा कति अन्तर छ है? बाल्यकाल को गफ कचहरी र अहिले को बहस/छलफलमा कति फरक छ नि।भाविले भाग्यमा के लेखेको छ र कसले कस्तो जिम्मेवारी पाउछ कसैलाई थाहा हुदैन ।

अहिले तपाई र मेरो राजनीति बिचार र आस्था मिल्छ मिल्दैन त्यस तर्फ म जान चाहन्न तर हजुरलाई नजीकबाट चिन्ने थोरै ब्यक्तिहरु भित्र म पनि पर्छु भन्ने लाग्दछ ।बर्दिया जिल्लाको बानियाभारदेखि बबई क्याम्पस अनि त्यति बेलाको अनेरास्ववियू पाचौंबाट बर्दिया जिल्लाकमिटिको अध्यक्ष हुदाकाबखतको बिद्यार्थी साथी । साधारण किसान परिवारको पृष्ठभूमिबाट गाउँकै सरकारी बिद्यालयको मिहिनेति छात्रको रुपमा आफु पछाडिका अरू ४ भाई र १ बहिनिको नेतृत्व गर्दै स्थानिय स्तरका कैयन क्लब र संगठनहरुको कुशल नेतृत्व गर्नु भएको कुरा अझै ताजै छ।

सानै बाट निःस्वार्थ र न्यायोचित कुरागर्ने सुर्य सधैं सत्यको बाटोमा हिड्दा हिंड्दै बेलाबखतमा बृहस्पति झै एक्लो हुनु पर्दाको कथा मलाई राम्ररी थाहा छ। घरका सबै सदस्य हरुको आ-आफ्नै रुचि र भिन्न बिचार लाई भिन्न ढङ्गबाट प्रेरित गर्ने घरको जेठो सुर्य राजनीतिकमा होमिए पनि अरू भाइ बहिनि हरुलाई मास्टर डिग्रीको औपचारिक शिक्षाका साथै सबैलाई सरकारी जगीरे पनि बनाउनु भयो । कोहि शिक्षक, कोहि सेना,कोहि पुलिस त कोहि निजामतिमा जागीरे पुर्ण शिक्षित परिवार हो तपाईंको।

बांके जिल्ला लाई आफ्नो मुख्य राजनीतिक कर्मभूमि बनाउनु भएका अत्यन्तै मिलनसार र मिठो बोल्ने सुर्यको राजनीतिक जीवन निकै उतार चढ़ावमय छ।पार्टी को आन्तरिक संघर्षमा डटेर सामना गर्दा गर्दै बिभिन्न पद र अबसरहरु त्याग गरेको अनुभब छ तपाईंसंग। आफ्नो पार्टी र राजनीतिक मात्र होईन बिपक्षी पार्टीहरु संगको सम्बन्ध पनि अत्यन्तै सुमधुर छ।बिरोधी लाई पनि आफ्नो प्रभाव मा पार्न सक्ने क्षमता भएको युवा हो सुर्य ढकाल ।

चाहे २०५४ मा बामदेब गौतमले नयाँ पार्टी खोल्दा होस वा २०७८ मा माधव नेपालले नयाँ पार्टी खोल्दा होस तपाईं कतै बिचल्लीत नभई पार्टीकै मूलधारको राजनीतिमा रहनु भएको कुरा मलाई थाहा छ । पार्टीमा सतिसाल झै रहेर आन्तरिक पार्टी निर्माण र संगठन सुद्धरिढीकरणमा अहोरात्र खटिरहने सुर्य ढकालले बिभिन्न चुनावी पदको पनि लालचा राख्नु भएन। यस अघिका स्थानिय, प्रदेश र संघीय प्रतिनिधिहरुको पार्टीको प्रस्तावलाई समेत ईन्कार गरेर आफ्ना अग्रज हरुलाई सम्मान स्वरूप छोडि दिएको त्यागी युवाको नामले समेत पार्टीमा परिचित हुनुहुन्छ ।

पार्टी बिभाजन हुँदा होस वा एकीकृत हुँदाको जीम्मेवारी बाँडफाडमा कुनै पदीय लोभमा पर्नु भएन। उदाउदो सूर्यको रूपमा आफुलाई गाउँ र समाजसँग घुलमिल गराउदा गराउदै सबै को साझा ब्यक्तिको रुपमा परीचितहुनुभयो। समाजमा घट्ने हरेक घटनाहरू तथा बिकास निर्माणका बिषयहरूमा आफुले अभिभाबकत्व लिनुभयो, आफै उपस्थित भई मध्यस्थता लिनुभयो र प्रत्यक्ष राहत दिलाउनु भयो। हजुरसँगै रहेर साक्षात्कार गर्न नपाएपनि मैले तपाईंको हरेक गतिविधिलाई सुक्षम रूपमा हेरीरहेको छु र तपाईंले आफुलाई सबैको साझा ब्यक्तिको रूपमा तयार गर्नु भएकोमा निकै हर्षित पनि छु। संसदीय प्रणालीमा सबैका आ-आफ्नै पार्टी र बिचार हुन्छन तर तपाईको बिचार, ब्यक्तित्व, कर्म र दर्शन आम समुदायको साझा सम्पत्तिको रूपमा रहेको ठान्दछु र देशले एउटा ईमानदार युवा जन्माएको छ जसलाई आम जनता ले पनि देशको नेतृत्व गर्नको लागी अनुमोदन गर्ने छन भन्ने बिश्वास लागेको छ।

तपाईंको बालसखा, रघुनाथ हाल अमेरिका ।

Nabintech