५ जेष्ठ २०८१, शनिबार
देउवाकै उम्मेदवारीविरुद्ध पर्‍यो उजुरी, नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक

  • टाइम्स संवाददाता

  • २५ आश्विन २०७९, मंगलवार ०६:१८

प्रतिनिधि सभामा डडेल्धुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्म मिति रहेको पाइएको छ ।  नागरिकतामा २००३ जेठ ३१ गते जन्म मिति रहेको देउवाको मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको पाइएको छ । नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति रहेको भन्दै देउवाको उम्मेदवारीविरुद्ध उजुरी परेको छ ।

नेपाली कांग्रेस (वीपी) का उपसभापति तथा सोही क्षेत्रबाट उम्मेदवार रहेका कर्ण मल्लले उनीविरुद्ध सोमबार उजुरी हालेका हुन् । उनले देउवाको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी दिएका हुन् । उजुरीमाथि छानबिन गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार उनको उम्मेदवारीबारे निर्णय दिने छ ।

मल्ल अघिल्लो पटक नेपाली कांग्रेसबाट प्रदेशसभामा निर्वाचित भएका थिए । अहिले वीपी कांग्रेसबाट कर्ण मल्ल देउवाविरुद्ध चुनावी मैदानमा उत्रिएका छन् ।

Nabintech