११ बैशाख २०८१, मंगलवार
अन्याय, अत्याचार, भ्रष्टहरुको साठगांठका बिरुद्ध मेरो उम्मेदवारी : चौधरी

केपि ओलिलाई प्रतिगामिको नारा दिएर प्रचण्डको लडाकु काण्ड बाहिरिने र माधब कुमार नेपालको ललिता निबास काण्डले जेल सम्म जानुपर्ने कारणले आफनै सरकार ढालेर सकुनिको चाल चलेको चौधरीको भनाई


  • प्रमोद रिजाल

  • २५ आश्विन २०७९, मंगलवार १४:४२

कोहलपुर, बांके:  बाजेले एक जोडा रांगा खरिद गर्न साहुबाट सात बिस (१४०) ऋण लिएपछि जमिन्दारको घरमा कमैया बस्नुपरेपछि बैजापुरे चौधरीको परीवारमा अध्यारो छायो, कालो बादल मडारिएको आभास भयो , धर्ति फाट्यो आकास गर्लम्म चौधरी परीवारको शिरमा बर्जियो । खरिद गरेको एउटा रांगा मरेपछि झन अर्को खरिद गर्ने नाउमा १३ बर्ष सम्म चौधरी परीवारले आफनो खेत बारीमा उब्जेको अन्नबालि समेत आफनो घरमा भित्राउन पाएनन । सबै अन्नबालि साहुलाई बुझाउनु पर्ने बाध्यताले चौधरी परीवारलाई भोग र शोकले समेत सताउन थाल्यो । अभाब र अपहेलना सहदा सहदै उक्त परिवारमा एक योद्धा जन्मियो । कमैया मुक्तिको आन्दोलको गर्भबाट उदय भयो दुर्गा प्रसाद चौधरीको । सानैदेखि बिद्रोहि स्वाभाब बोकेका चौधरी आम कमैया कमलरि मुक्तिका लागि दिलो ज्यान दिएर लाग्ने निर्णय गरे ।

कमैया कमलरि मुक्ति र राज्यबाट पछाडि पारेका महिला, लिंग बर्ग, अल्प संख्यक जातजातीको अधिकार र उनीहरुको मुक्तिका लागि भन्दै २०५३ सालमा बन्दुक बोक्ने निर्णय गरे र जनयुद्धमा होमिए । तत्कालिन बिद्रोही पार्टि नेकपा माओबादिको सदस्यता लिएर आफनो राजनैतिक यात्रालाई बन्दुकको नालबाट राज्य सत्ता प्राप्त गर्ने र पछाडि पारिएका बर्गको उत्थान गर्ने महान सोच र बिचार बोकि युद्धमोर्चामा होमिएका दुर्गा प्रसाद चौधरी युद्धका बिभिन्न मोर्चा सम्हाल्दै ६ नं. डिभिजन सहायक कमाण्डर समेत भएर काम गरे ।

पार्टि जब शान्ति प्रक्रियामा आयो उनी सुर्खेतको दशरथपुर स्थित लडाकु शिबिरमा डिभिजन सहायक कमाण्डरकै हैसियतमा रहेर समायोजन र शान्ति प्रक्रियाको पर्खाइमा बसे । उनी समायोजन नरोजेर स्वच्छिक अबकासको बाटो अंगाले । ब्यारेकमा स्वच्छिक अबकासमा परेका र अनमिनको छनौटमा नपरेका लडाकुहरुलाई धमाधम राज्यस्तरबाट राहत स्वरुप रकम दिने कार्य हुदै गर्दा ब्यारेकमा ठुलो भ्रष्टाचारको चलखेल उन्कै आंखा अगाडि भएको उन्ले टुलुटुलु हेरी बस्न सकेनन । भ्रष्टाचारको बिरुद्ध आवाज उठाई रहे तर उन्को आवाज दबाउन खोजियो । यो प्रकरणमा जर्नादन शर्मा प्रभाकर समेत मुछिएपछि लडाकु लाई दिने रकम अपचलन र भ्रष्टाचारको संरक्षण प्रचण्डले गरेको उनीले आफनै आंखा अगाडि देखे ।

यस्तो अन्याय उनको जमिरले सहन सकेन निरन्तर बिद्रोहको आवाज उठाइरहे तर पनि सबैको मिलिभगत भएपछि उनी एक्लैको केहि लागेन तर पनि उन्ले सक्रिय राजनितीमा नहुने हो भने खराब मान्छेबाट शासित हुनपर्ने कुराको महशुस गरे र राजनितिलाई निरन्तरता दिए । २०७४ को चुनाबपछि एमाले र माओबादि पार्टि एकिकरण भएर नेकपा बनेपछि राजनैतिक बृत्तमा निकै परीवर्तनको आश राखेका चौधरीले २०७७ मा नेकपा फुटपछि राजनैतिक बेइमानि, परीवारबादका नाइके तथा लडाकुको खुन पिउने पिपासु प्रचण्डको पछि लाग्नु भन्दा राष्ट्रबादि केपि ओलि संगै रहेर देश र जनताको सेवा गर्ने अटोठका साथ एमालेमै रहेर राजनिती गर्ने जर्मको गरे ।

देश र जनताको परिबर्तनका खातिर लडेका सयौ घाइते, अपांग लडाकु योद्धाहरुको मुद्दा प्रचण्ड स्वयम २, २ पटक प्रधानमन्त्रि भई सक्दा पनि सम्बोधन गर्न नसकेको प्रति आक्रोशित चौधरी प्रचण्ड पतनको बाटो लागेर कांगे्रसको धोतीको फेरो समाएर बैर्तनि तर्न लागेको समेत जिकिर गर्न छाडदैनन । उन्ले केपि ओलिलाई प्रतिगामिको नारा दिएर प्रचण्डको लडाकु काण्ड बाहिरिने र माधब कुमार नेपालको ललिता निबास काण्डले जेल सम्म जानुपर्ने कारणले आफनै सरकार ढालेर सकुनिको चाल चलेको पंतिकारसंग बताएका छन ।

२०३८ साल माघमा ततकालिन बैजापुर १ मा जन्मिएका दुर्गा प्रसाद चौधरी नेकपा एमालेका लुम्बिनी प्रदेश उपसचिब समेत हुन । गाउलाई संबृद्ध गराउने र शहरलाई बिकसित गराएर अघि बढने सोच बनाएका चौधरी आम नागरिकका जनजिबिकाको सवालमा कहि कतै केहि सम्झौता नगर्ने बताउदै आएका छन । बांके जिल्ला क्षेत्र नं. १ ख प्रदेश सभाका लागि उम्मेदवार समेत रहेका चौधरीले अझै पनि अन्याय, अत्याचार ब्याप्त रहेको भ्रष्टहरुको साठगांठ बढदै गएको र आम मानिसहरुको समस्या र अधिकारका सवालहरु ज्युका त्यु रहेकै कारण आफुले जितेर गए जनजिबिकाका सवालहरुले प्राथमिकता पाउने बताउछन ।

नेकपा एमालेले गरेका र गर्न बाँकी कामहरु अझै धेरै छन् ।कतिपय काम अपुर्ण र अधुरा छन् ।तिनलाई पूरा गर्न र हरेक नागरिकलाई स्वदेशमै अझ स्थानिय स्तरमै काम गर्ने बाताबरण बनाउनको लागि एमालेका उम्मेदवारलाई बिजयी गराउनै पर्छउन्को जिकिर रहेको छ ।

 

Nabintech