५ जेष्ठ २०८१, शनिबार
”साधुलाई सुलि चोरलाई चौतारो” कोहलपुर नगरले ठेला हटाएपनि सडक छेउमा डिभि भर्नेको भिडभाड

सोही बाटो हिड्दै दैनिक रुपमा नगरपालिकाका कर्मचारी, मेयर, उपमेयर र नगरप्रहरी दैनिक आवत जावत गर्ने गरेको भएता पनि यो दृश्य यहाँका जनप्रतिनिधी र कर्मचारीको आँखामा पर्न सकेको छैन


  • प्रमोद रिजाल

  • २७ आश्विन २०७९, बिहीबार १९:३४

कोहलपुर: कोहलपुर नगरपालिकाले कोहलपुर बिभिन्न स्थान चौराहा न्यूरोड, साझा चोक, पिपलचौतारा देखि गोल्छा सम्ममा रहेका अब्यबस्थित रुपमा राखिएका ठेलाहरु, पल्याक्सो तथा होडिङ बोर्ड हटाउदै आएको छ । शहरलाई सुन्दर र व्यवस्थित गर्न सो अभियान संचालन गर्दै आएको नगरपालिकाले जनाएको छ । नगर भित्र रहेका बिभिन्न स्थानमा राखिएका ठेला, अव्यवस्थित रुपमा टासिँएका होडिङ बोर्डहरु हटाउने अभियान जारी गरेको नगरपालिकाले नगर प्रहरी मार्फत उक्त काम गराउदै आएको हो ।

नगर भित्र रहेका काम गरेर मात्र चुलो बल्ने निम्न आय भएका ब्यक्तिहरुलाई चोक चौराहाबाट हटाएता पनि कोहलपुरको न्यूरोड चोकमा केहि दिन यता डिभि भर्नेहरुको लर्को देखिदै आएको छ । डिभि भर्ने नाममा चोकमा सवारी जाम, भिडभाडले सवारी दुर्घटना पनि बढ्दे देखिएको छ । काम गरि खाने वर्गलाई लखेटी नगरपालिकाले कोहलपुरको न्यूरोडमा यस्ता गतिबिधी नदेख्नु कतिसम्मको लापरबाही हो र?  न्यूरोड चोकमा रहदै आएका ठेलाहरु यतिबेला नदेखिएता पनि डिभी भर्नेहरुको दैनिक जसो भिडभाड हुदै आएको छ । जसले गर्दा बाहिरबाट आउने ब्यक्तिहरुले कोहलपुरको बेतिथी सहजै अनुमान गर्न सक्छन ।

कतै कोहलपुर नगरपालिकाले ”साधुलाई सुलि चोरलाई चौतारो” भन्ने युक्ति संबद काम गरिरहेको त छैन आम नागरिकको चासो र चिन्ताको बिषय बनेको छ । कोहलपुर नगरले ठेला लगाएत शहर कुरुप पार्ने बस्तुहरु हटाएपनि सडक छेउमा डिभि भर्नेको भिडभाडले गर्दा यो आशंका उब्जिएको जानकारहरु अडकल काटन थालेका छन ।

सोही बाटो हिड्दै दैनिक रुपमा नगरपालिकाका कर्मचारी, मेयर, उपमेयर र नगरप्रहरी दैनिक आवत जावत गर्ने गरेको भएता पनि यो दृश्य यहाँका जनप्रतिनिधी र कर्मचारीको आँखामा पर्न सकेको छैन ।

यहि बाटो हुदै नगरप्रहरी दैनिक ठेला उठाउन बिहान साझ परिक्रमा गर्ने गरेको भएता पनि उनीहरुको नजरमा पर्न त परैको कुराहो सो भिडभाड भएको क्षेत्रमा उनीहरु नहेरेर ।जाने गरेका छन । जसले गर्दा नगरपालिका काम गरि खानेको भन्दा सम्भ्रन्त वर्गका लागि मात्र होकी भन्ने भान भएको छ । एक ठेला व्यापारीले भने हामीहरु दैनिक रुपमा यहि फलफुलल बेचेर गुजरा गर्दै आएको देख्न नसकेर नगर प्रहरीले लखेट्ने गर्दा तर डिभी भर्ने भनि बनाईएको टहरा नगरपालिकाको नजरमा नपर्दा दुख लागेको बताए । नगरपालिकाले यसरी भिडी भर्ने ब्यक्तिलाई छुट दिने तर आफुहरुलाई गरी खान नदिदा स्थानीय सरकारको कुनै आभास नभएको समेत बताए ।

नगरपालिकामा रहेका जनप्रतिनिधीहरुको कच्चा निर्णयका कारण हरेक निर्णय प्रभाबकारी रुपमा लागु हुन त परैको हुरा शुरुवातमा नै ढुंगालाग्ने गरेको छ । जसले गर्दा नगरपालिकामा रहेका जनप्रतिनिधीहरुले गरेका हरेक निर्णयको जनस्तरबानै बिरोध हुदै आएको छ ।
नगरपालिकामा दोस्रो पटक जनप्रतिनिधीहरु आए पश्चात सुरुवाती अबस्था देखि गरिएका निर्णयहरु कार्यान्वयन हुन सकेका छैनन । जसले गर्दा जनप्रतिनिधीको परिपक्ता नभएको पुष्टी गर्दछ ।

केहि महिना अघि कोहलपुरमा डोजर चलाउन लागेका कोहलपुरका मेयर पूर्णप्रसाद आचार्यको निर्णय सुरुवाती अबस्थामा नै फेल भयो । यस्तै ठेला हटाउदै गर्दा नगरपालिकाले ठेला राख्न निषेध गरेको ठाँउमा डिभीका नाममा टेन्ट लगाई दैनिक भिडभाड गरि काम गर्न दिएको छ । यस्ता स साना कुरामा नगरपालिका पछि पर्दा उनीहरुको निर्णय क्षमता सहजै रुपमा मापन गर्न सकिन्छ । गरि खाने वर्गका बिरुद्ध गएको नगरपालिका अहिले अमेरीका पठाउने वर्गको पक्षमा नगरपालिका उभिएको देखिन्छ ।

Nabintech