५ जेष्ठ २०८१, शनिबार
एआइजीको नाममा इन्सपेक्टरको असुलीधन्दा

  • टाइम्स संवाददाता

  • २८ आश्विन २०७९, शुक्रबार ०६:०६

नेपाल प्रहरीको कार्यदक्षता मूल्यांकन गर्न अघिल्लो महिना कपिलवस्तु आएका सिआइबी हेर्ने एआइजी उत्तमराज सुवेदीसहितको टिमलाई खानपान व्यवस्थापन गर्दा ऋण लागेको नाममा इलाका प्रहरी कार्यालय गोरुसिंगेले सहयोग उठाउँदै हिडेको छ ।

भदौ २३ गते सुवेदी, डिआइजी नलप्रसाद उपाध्याय, एसएसपी तथा एसपीहरुसहितको टोलीले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय गोरुसिंगे तथा प्रहरी चौकी घन्चौराको निरीक्षण गरेको थियो । टोलीलाई खाने, बस्ने व्यवस्था गोरुसिंगे स्थित मायाज होटलमा गरिएको थियो । २४ गते टोली दाङतर्फ प्रस्थान गर्नुअघि गोरुसिंगे इप्रकाका निरीक्षक शशीधर शर्माले व्यवस्थापन खर्च भन्दै विभिन्न निकायसँग विभिन्न काम देखाएर सहयोग उठाएका थिए ।

निरीक्षण गर्न केन्द्रबाट टोली आउने र भवनहरु रंगरोगन गर्न बजेट चाहिने भन्दै बुद्धभूमि नगरपालिकालाई १५ गते नै पत्राचार गरेको थियो । सोहीबमोजिम मेयर केशव श्रेष्ठले २ लाख २५ हजारको बजेट व्यवस्था गरिदिए । त्यसैबाट इप्रका भवन र घनचौरा चौकीमा रंगरोगन पनि गरियो । त्यसमा पनि इप्रका, जवान व्यारेक र कार्यालयको भित्री कोठामा रंगरोगन नै नगरी सरफ पानीले धोएको प्रहरी श्रोतको भनाई छ ।

एआइजी टोलीको आवश्यक बसोबास खर्च मिलाउन भन्दै इन्स्पेक्टर शर्माले नगरपालिकाका सबै सामुदायिक वनमा पुनः त्यही भवन रंगरोगन गर्ने भन्दै भदौ १८ मा पत्राचार गरेका छन् । के गर्ने, एआइजी आउँदैछन्, मेजमानी गर्नैप¥यो, पेन्ट गर्ने भन्दै पत्र पठाएका छौं, लौ सहयोग गरिदिनुस् भन्दै इन्सपेक्टरले सामुदायिक वनहरुमा फोनसमेत गरेका थिए ।सोही पत्रको आधारमा असइ मनोज भुसाल र मुद्दाका हवल्दार सोभितबाबु रेग्मी रकम उठाउन खटिए । महेन्द्रकोटका जयवनशक्ति, हरिओम खोला, रजकुडा, बसन्तपुरलगायत सामुदायिक वनले १० हजारका दरले दिएको बताइन्छ । यहाँका सबै वनले सहयोग गरेका छन्– एक अध्यक्षले भने । जयनगरको त्रिशूली सामुदायिक वनले १५ हजार दिइसकेको छ ।

प्रहरी स्रोतका अनुसार नगरपालिका क्षेत्रका २८ वटा सामुदायिक वनलाई पत्र काटेर सहयोग मागिएको छ । अधिकांशबाट उठिसकेको र केहीको आउन बाँकी छ । यसैगरी एआइजीको मेजमानीका नाममा महेन्द्रकोटको सत्यदेवा क्रसर, बडहरा क्रसर, विभिन्न राइस मिल तथा ट्रक समितिबाट समेत निरीक्षक शर्माले रकम उठाएको उजुर आइजीपीको सचिवालयमा परेको छ ।

https://www.janaaastha.com/

 

Nabintech