५ जेष्ठ २०८१, शनिबार
सुर्य ढकाल पुगे कचनापुरका बाढि प्रभाबित क्षेत्रमा

  • टाइम्स संवाददाता

  • २८ आश्विन २०७९, शुक्रबार १३:३९

राप्तिसोनारी, बांके: गत असोज १९ गतेदेखिको अविरल वर्षातले पुराएका क्षतिको आंकलन तथा स्थलगत अवलोकनको लागि नेकपा एमालेका युवा नेता तथा बांके जिल्ला क्षेत्र नं. १ लागि संघका उम्मेदवार सूर्य ढकाल राप्ति सोनारीको बाढी प्रभावित क्षेत्र टिकुलिपुर , खोरिया एबं कचनापुरका बिभिन्न क्षेत्रमा आज शुक्रबार बिहान पुगि पिडितहरुको हालको अबस्था र दिर्घकालिन समस्या समाधानका बिषयमा चासो लिंदै स्थानियसंग छलफल गरेका छन।

पानीको बहाब बढेपछि राप्ती नदीमा आएको बाढीले साबिक कचनापुरका विभिन्न गाउँहरुमा क्षती हुने गरेको छ। बाढिले घरहरु भत्किदा यहाका अधिकांश नागरिकहरु बनको छेउमा बास बस्ने गरेका छन । दिगो समस्या समाधानको पहल गर्न स्थानियले सुझाब दिएपछि ढकालले राप्ति नदिमा पुरै तटबन्ध गर्ने राप्ति सोनारी र नरैनापुरमा पक्कि सडक सहित रोजगारि श्रृजना गर्ने कल कारखाना खुलाउन आफुले पहल गर्ने समेत बताएका छन ।

राप्ति सोनारीमा दुई वटा उच्च शिक्षाका क्याम्पस भएपनि सरकारको नितिका कारण ती क्याम्पसहरु चलाउन हम्मे भएको भन्ने जनगुनासोमा ढकालले नितिगत सुधारका निम्ति पहल गरि जसरी माध्यामिक शिक्षा सम्म सरकारले हेरेको छ सो जस्तै ब्यबस्थाका लागि आफनो प्रयास रहने जनाएका छन ।

उत्पादनको हिसाबले निकै उर्वरभूमि भएतापनि कृषि र गैर कृषिजन्य व्यवसाय प्रर्बद्धनका लागि कुनै एग्रोभेट नहुनु काम गर्नेको हातमा जमिन नहुने जमिन हुनेको जग्गाधनिपुर्जा नहुनु र कृषिमा आधारित अधिकांश जनसंख्यालाई तीन महिना भन्दा बढि खान नपुग्ने घरधुरि संख्याको बाहुल्यता रहेको कचनापुरको समस्या भनेको अब्यबस्थित बसोबास भएकाले त्यहाका जनतालाई लालपुर्जा हातमा पर्ने गरि आफुले कार्य गर्ने समेत जनाएका छन ।

Nabintech