५ जेष्ठ २०८१, शनिबार
चुनाबि दौरानमा अर्जुन जंग शाह, स्वतन्त्रबाट प्रदेशका उम्मेदवार

युवाको नेतृत्वमा विकासको मुल फुटाउने, भ्रष्टहरुलाई तह लगाउदै हिन्दु राज्य र राज संस्था रहे मात्र देश रहन्छ


  • टाइम्स संवाददाता

  • २८ आश्विन २०७९, शुक्रबार १५:४४

कोहलपुर, बांके:  कोहलपुर १० बांकेका तत्कालिन राप्रपा नेता अर्जुन जंग शाह स्वतन्त्रबाट बल्ब (चिम) चुनाब चिन्ह सहित चुनाबि मैदानमा उत्रिएका छन । बांके क्षेत्र नं. १ प्रदेश सभा ख बाट आफनो उम्मेदवारी रहेको बताउदै शाहले ठुला पार्टिहरुको सिण्डीकेट चिर्न आफुलाई पार्टिले टिकट नदिएपछि स्वतन्त्रबाटै भएपनि चुनाबमा होमिनु परेको बताएका छन ।

हिन्दु राज्य र राजसंस्थाको वकालत गर्ने पार्टि राप्रपाले गणतन्त्रबादिसंग सांठगांठ गरेपछि कार्यकर्ताहरुमा बिद्रोको भाब पैदा भएको र आफुले बांके क्षेत्र नं. १ मा हलोमा भोट हाल्न पाउने बाताबरण नबनेपछि स्वतन्त्र उम्मेदारीबाटै भएपनि हिन्दु राज्य र राजसंस्थाका पक्षमा वकालत गर्न आफुले स्वतन्त्र उम्मेदवारी दिएको दाबि गरेका छन ।

बांके जिल्ला क्षेत्र नं १ बाट प्रदेश, क्षेत्र, नगर र वडा सम्मका असन्तुष्टहरुले आफनो पदबाट राजिनामा दिन बाध्य पारेको भन्दै शाहले राजिनामा अघि केन्द्रिय सदस्य तथा पुर्ब मन्त्रि प्रेम बहादुर भण्डारी र जिल्ला अध्यक्ष नरेन्द्र पौडेलसंग हलोमा भोट हाल्ने बाताबरण बनाउन आग्रह गरेको भएपनि सुनुवाई भने नभएको बताए ।

युवाको नेतृत्वमा विकासको मुल फुटाउने, भ्रष्टहरुलाई तह लगाउदै हिन्दु राज्य र राज संस्था रहे मात्र देश रहन्छ भन्ने महान जागरण अभियानमा आफु लागेको समेत जिकिर गरे ।

पत्रकार भेटघाटमा शाहले राष्ट्रिय पार्टिबाट जनतामाझ बितृष्णा फैलिएको भन्दै ठुला ठुला सपना देखाउने भ्रम छर्ने तर गरिब, किसानका समस्या यथाबत नै रहने परीपाटिका बिरुद्ध आफुले उम्मेदवारी दिएको बताए ।

 

Nabintech